खानपानको ५ खराब बानी जसले मधुमेहको जोखिम बढाउँछ

सोमबार, ३१ बैशाख २०७५

 

हिजोआज जीवनशैलीका कारण धेरै मानिसहरूलाई मधुमेहको समस्या देखिन थालेको छ । मधुमेह लाग्न सक्ने कारण पनि धेरै हुन्छन् ।

मधुमेह रोग लाग्ने मुख्य कारण भनेको इन्सुलिन रेसिस्टेन्स हो । जब हाम्रो शरीरले रगतमा सुगरको स्तर नियन्त्रण गर्ने इन्सुलिन नामक हार्मोनलाई राम्रोसँग प्रयोग गर्न सक्दैन त्यतिखेर मधुमेह हुन्छ ।

 

यस्ता अरू पनि धेरै कुरा छन् जसले इन्सुलिन बनाउने कोषहरूलाई निष्प्रभावी र असफल बनाउँछ । जस्तै मोटोपना, असक्रियता, धूमपान, अत्यधिक मदिरा सेवन र नियमित उच्च ग्लाइकेमिक खानेकुराको सेवन जसले रगतमा सुगरको मात्रा बढाउँछ । हाम्रो केही त्यस्ता खराब बानीहरू हुन्छन् जसले पनि मधुमेहको जोखिमलाई बढाउँछ ।

खानपानका यी ५ बानीलाई नै लिऊँ, जसले खासै हानी नगर्नेजस्तो देखिन्छ तर यस्ता बानीले मधुमेहको जोखिम बढाउँछ ।

१. स्टार्च हुने सब्जीहरू मात्रै खाने

आफ्नो खानमा सब्जीहरूलाई मिसाउनु धेरै राम्रो कुरा हो । यसले आवश्यक पर्ने पोषणतत्वहरू प्रदान गर्छ ।  तथापि स्टार्च हुने सागसब्जीहरूलाई कार्वोहाइड्रेट धेरै हुने खानासँग मिसाउनु हुँदैन (जस्तै: भात र आलु) । हुनत धेरै स्टार्चले सिधै मधुमेहको जोखिम बढाउँदैन तर यसले तौल बढाउन सक्छ र रगतमा सुगरको मात्रा बढाउँछ ।

हरेक खाना सन्तुलिन बनाइराख्नको लागि पहिले आफ्नो प्लेटमा आधा ननस्टार्ची हरिया सब्जीहरू राख्ने अनि मात्र प्रोटिनयुक्त खाना तथा स्टार्च भएका सब्जीहरू राख्ने गर्न सकिन्छ ।

२. नियमित ड्राइफ्रुट्स खाने बानी

यो स्वस्थ खाना जस्तो लाग्छ होला तर ड्राइफ्रुट्सले रगतमा सुगरको लेभल बढाउँछ । कहिलेकाहीँ ड्राइफ्रुट्स खाँदा त खासै फरक पर्दैन तर नियमित रूपमा ड्राइफ्रुट्स खाए त्यसले मधुमेहको समस्या निम्त्याउन सक्छ ।

३. पर्याप्त बदाम नखाने बानी

बदामहरूमा पाइने पोल्युनस्याचुरेटेड फ्याटले इन्सुलिनको संवेदनशीलता बढाई मधुमेह लाग्नबाट बचाउँछ । अझै ओखरले त झनै हाम्रो मस्तिष्कको एक भागलाई सक्रिय बनाउँछ जसले हाम्रो भोक नियन्त्रण गर्छ । नियमित बदाम खाने गरेमा त्यसले गुलियो खानेकुरा वा पेय पदार्थहरूबाट हुने मधुमेहको जोखिमसमेत कम गर्छ ।

४. रातो मासु धेरै खाने बानी

रातो मासुले मुटुको रोग लाग्ने जोखिम बढाउनुका साथै मधुमेहको जोखिम पनि बढाउँछ । हार्वर्ड स्कुल अफ पब्लिक हेल्थले गरेको एक अध्ययन अनुसार नियमित रातो मासु खानाले मधुमेहको जोखिम १९ प्रतिशतले बढ्छ ।

५. प्रशोधन गरिएका खाना खाने बानी

हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अध्ययनले दैनिक सानो परिमाणमा भए पनि प्रशोधन गरिएका खानेकुरा खानाले मधुमेहको जोखिम ५१ प्रतिशतले बढाउँछ । प्रशोधित खानेकुरामा मिसाइने पि्रजरभेटिभ्स तथा सोडियमले मधुमेहको जोखिम बढाउँछ त्यसैले प्रसोधित खानेकुराको सट्टा ताजा खानेकुरा खाने बानी बसाल्नु राम्रो हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको