आत्महत्या गर्न पाइलटले जहाज पड्काएर २३९ जनाको ज्यान लिएको खुलासा

सोमबार, ३१ बैशाख २०७५

 

वैशाख ३१ – एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको हराइरहेको जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा भएको छ ।

विमान ४ वर्षअघि मार्च महिनामा क्वालालम्पुरबाट चीनको बेइजिङको नियमित उडानका क्रममा रहस्यमय ढंगले आकाशबाटै बेपत्ता भएको थियो । यसको कारण भने लामो समय रहस्यमय नै थियो । 

विज्ञहरुले विमान दुर्घटनाका कारण रहस्यमय ढंगले बेपत्ता भएको हुनसक्ने सम्भावना अति नै न्यून रहेको र चालक जहारी अहमद शाहले उदेश्यपूर्ण हिसावले विमान पड्काएको जनाएका छन् । आत्महत्या गर्ने उद्धेश्यले पाइलटले चालकदलसहित २३९ यात्रुको ज्यान लिएको विज्ञहरुले बताएका छन् ।
 

चालक जहारीले विमान हराएपछि नभेटियोस् भन्नका लागि जानीजानी केही घण्टाअघि राडार बन्द गरेको तथ्य फेला परेको जानकारहरुले बताएका छन् । विज्ञहरुका अनुसार शाहले राडारले पत्ता नलगाओस् र विमान कुनै दुर्गम स्थानमा दुर्घटना भएको देखाउनका लागि धेरै पटक विभिन्न प्रकारको गतिहरुको प्रयोग गरेका थिए । साथै सैनिक राडारले समेत थाहा नपाओस् भनेर उनले थाइल्याण्ड र मलेसियाको सीमामा धेरै पटक विभिन्न दिशामा उडाएका थिए ।उनले अन्तिम बिदाईका लागि आफ्नो घरमाथिबाट पनि विमानलाई मोडेका थिए ।

विमान दुर्घटनाका एक अन्वेषक ल्यारी भान्सको विचारमा चालकले आत्महत्या गर्न चाहेको र यात्रुवाहक विमानलाई सदाका लागि बेपत्ता बनाउन सकेसम्म दुर्गम स्थानतर्फ लगेको र दुर्भाग्यवश उनले २३९ यात्रुको पनि ज्यान लिँदै थिए, र अन्त्यमा जानीजानी लिई पनि छाडे ।

अष्ट्रेलियाका पूर्व यातायात सुरक्षा ब्यूरो प्रमुख मार्टिन डोलनले भने, ‘यो योजनावद्ध थियो, नियोजित थियो र धेरै समय लिएर योजनावद्ध हिसाबले घटनालाई मूर्तरुप दिइएको थियो ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको