राष्ट्रिय झन्डा बिगारेकोमा मन्त्री लालबाबु पण्डितद्धारा स्पष्टीकरण माग, तीन दिनको समय

मङ्गलबार, ०१ जेठ २०७५

 

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा क्रममा जनकपुरको जानकी मन्दिरमा नेपालको राष्ट्रिय झन्डा बिगारिएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्पष्टीकरण मागेका छन् । उनले ४ जना अधिकारीहरुसँग स्पष्टिकरण माग गरेका छन् ।

मन्त्री पण्डितले प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई राष्ट्रिय झन्डाको अपमान गरिनुको कारण माग्दै स्पष्टीकरण सोधेका हुन्। उनीहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी ओली र मोदीको संयुक्त सम्बोधनका क्रममा नेपाली झन्डाको स्वरुप बिगारेर अपमान गरिएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। उनीहरुलाई सोमबार नै स्पष्टीकरणसहितको पत्र पठाइएको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको