उपचार गरिदिने भन्दै युवतीलाई बेश्यालय पुर्‍याउने खत्री पक्राउ

मङ्गलबार, ०१ जेठ २०७५

 

काठमाडौँ,  उपचार गर्ने बहानामा एक युवतीलाई भारतको कोठीसम्म पुर्‍याएर बेश्याबृत्तिमा लगाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका २ बस्ने २६ वर्षे रमेश खत्रीलाई पक्राउ गरेको हो ।
खत्रीले युवतीलाई दिल्लीस्थित एक अर्पाटमेन्टमा दुईवर्षसम्म बन्धक बनाएर जबरजस्ती बेश्याबृत्तिमा लगाएको भन्दै उजुरी परेको थियो ।

सीआईबीका अनुसार खत्रीले ती युवतीलाई दुईवर्षसम्म एक अपार्टमेन्टमा राखी अश्लिल तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ब्याकमेलिङ गरेर बेश्याबृत्तिमा लगाउने गरेका थिए ।

खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी मानव वेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको सीआईबीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । सीआइवीले खत्री विगत १३ बर्ष दिल्लीस्थित सो कोठीमा कार्यरत रहेको समेत दावी गरेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको