१२ वर्षमा बिहे, १३ वर्षमै आमा

मङ्गलबार, ०१ जेठ २०७५

तस्विरः नयाँ पत्रिका


 

धरान, बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ।

सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो ।

ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्रो विवाह हो । जेठी श्रीमतीतर्फ दुई छोराछोरी छन् । छोरी जन्माएको भन्दै श्रीमान् र परिवारका सदस्यले वैशाख तेस्रो हप्ता घरनिकाला गरेपछि ममता माइतीको शरणमा पुगेकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको