५ सय ५० वर्षदेखि तपस्यारत जीवित भिक्षु

मङ्गलबार, ०८ जेठ २०७५

 

एजेन्सी – ऋषि–मुनिहरूले वर्षाैसम्म तपस्या गरेपछि इश्वर प्रसन्न भई प्रकट हुने तपस्वीहरुले मोक्षको प्राप्ति गर्नर्थे भन्ने पौराणिक कथाहरूमा उल्लेख हुन्छ । यस्ता कथाहरूमा सत्य कति र असत्य कति भन्नेबारे छलफल गरेपनि निष्कर्ष भने निस्किँदैन । तर तिब्बतको गुए भन्ने गाउँमा भने एकजना बौद्ध भिक्षु ५ सय ५० वर्षदेखि तपस्यारत रहेको मानिन्छ ।

 

गाउँलेहरुका अनुसार ममीलाई सन् १९७५ मा भेट्टाएका थिए । हाल भात्किएको स्तूपलाई जापानी शैलीमाँ पुनर्निर्माण गरी त्यसभित्र ममीलाई पुनर्स्थापित गरिएको छ । मानिसहरूले ती भिक्षुका कपाल र नङ बढ्न थालेकाले तिनलाई ममी मान्दैनन् ।

 

 

बिना कुनै औषधीय लेपन साढे पाँच सय वर्षसम्म पनि उक्त शव नकुहिएका कारण गाउँलेहरूले ती भिक्षु अझै जीवित नै रहेको विश्वास गर्दछन्।

यसका सम्बन्धमा फरक फरक कथाहरु प्रचलित छन् । पहिलो कथाअनुसार यो ममी पहिले गाउँको स्तूपभित्र रहेको थियो । पछि उक्त स्तूप भत्किएपछि यसलाई निकालेर परिक्षण गर्दा यो पाँच सय ५० वर्ष पहिले ने यो ध्यानमा रहेको खुल्न आयो ।

विशेषज्ञहरूले जाँचका क्रममा उक्त शरीरमा कुनै पनि लेप नलगाएरै जमिनमुनि राखिँदा समेत खराब नभएको कुरा पत्ता लगाए । विना कुनै केमिकलका कारण पनि उक्त शव नकुहिएका कारण गाउँलेहरूले ती भिक्षु अझै जीवित नै रहेको विश्वास गर्दछन् ।

गाउँका बुढापाकाहरूका अनुसार पन्ध्रौँ शताब्दीमा गाउँलाई एउटा ठुलो विपत्तिबाट बचाउन एउटा सन्त घोर तपस्यामा बसेका थिए । गाउँमा विषालु बिच्छीहरूले आक्रमण गरेको थियो र सोही विच्छीको आक्रमणबाट गाउँलेलाई बचाउन उनीले ध्यान गर्न थालेका थिए ।

उनले समाधिको चरणमा पुग्ने बित्तिकै एउटा चमत्कार भयो । आकाशमा बिना बादल नै इन्द्रधनुष प्रकट भयो र गाउँ बिच्छीहरूको आतंकबाट मुक्त भयो ।

त्यस्तै अर्का कथा अनुसार केही मान्छेहरू यो ममी बौद्ध भिक्षु सांङ्ला तेन्जिङ्ग मान्छन् । तिब्बतबाट भारत भ्रमणमा आएका उनी भारतबाट फर्किएपछि उनी यो गाउँमा ध्यान लगाउन थाले र कहिल्यै उठेनन् । मानिसहरू अहिले पनि त्यस ममीका कपाल तथा नङहरू बढ्ने गरेकाले उनी जीवित नै रहेको र ध्यानमग्न रहेको बताउँछन् ।

केही समयअघि त्यस ममीकी टाउकोमा कोदालोले चोट लाग्दा त्यहाँबाट रगत आएको गाउँलेहरुले बताउँछन् । उक्त कोदालोको खत अझैसम्म पनि प्रष्टै देख्न सकिन्छ । हाल यसलाई गाउँको धरोहर मानेर पुनर्स्थापित गरिएकोप छ। अचेल उक्त भिक्षुको ममीलाई एउटा काँचको क्याबिनभित्र राखिएको छ । त्यहाँ यस भिक्षुहरुको दर्शन गर्न मानिसहरुको भीड लाग्ने गर्दछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको