विषादी सेवन गरेर दुई मितिनीद्धारा आत्महत्या

मङ्गलबार, ०८ जेठ २०७५

महोत्तरी, जिल्लाको बलवा नगरपालिका–१, बञ्चौरीमा सोमबार साँझ दुई मितिनीले विषादी सेवन गरेर आत्महत्या गरेका छन् ।

बलवा नगरपालिका–१, बञ्चौरीकी १६ वर्षीया खुशीकुमारी चौधरी र १५ वर्षीया चाँदनीकुमारी झाले आत्महत्या गरेका हुन् ।

दुवै मितिनीले सोमबार छिमेकीको घरमा भइरहेको पूजा हेरेर प्रसाद लिई घरमा आएपछि आमाले कहाँ गएको भन्दै गाली गरेपछि दुवै मितिनीले बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर आँपको बगैँचामा गएर सोही विषादी दुवैजनाले खाँदा उनीहरुको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

दुवै मितिनी अबेर साँझ बगैँचामा बेहोस अवस्थामा फेला परेपछि परिवारजन र छिमेकीले उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा दुवै मितिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक दुवै मितिनीको शव परीक्षणपश्चात् मंगलबार परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको