प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक, कति छ सम्पती ?

बुधबार, ०९ जेठ २०७५

काठमाडौं,  प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पती सबै श्रीमती राधिका शाक्यको नाममा रहेको छ । ओलीको सम्पतीमा २ वटा घर छन्। २ कित्ता जग्गा छ, जसमध्ये एउटा १ रोपनी र अर्को डेढ रोपनी छ। जून जग्गामा २ वटा घर छन्।

त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १७/१८ तोला गहना रहेको उल्लेख छ। नगद बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ।

श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छे बैकमा ४ लाख, प्रभु बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ। जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको