तिलकोठीले अनुहार बिगारेको छ ? यसो गर्नुहोस् ।
शुक्रबार, २१ माघ २०७३
तिलकोठीले सौन्दर्यता कम गरायो भन्ने चिन्ता धेरैलाई हुन्छ । तिलकोठी किन आउँछ र यसलाई कसरी हटाउँने ?
छाला, यौन तथा कस्मेटिक विशेषज्ञ
डा.रविन्द्र शर्मासंग गरिएको कुराकानी ...
तिलकोठी भनेको के हो ?
छालामा तिलको दाना जस्ता स साना खैरा वा काला दाग देखिनु नै तिल कोठी वा मखिया हो । यो कुनै रोग भने होइन । यद्यपी अनुहारमा देखिने यस्ता कोठीले सोन्दर्यमा धेरै नोक्सानी गरेको हुन्छ । छालालाई रङ प्रदान गर्ने मेलानोसाइट कोषिका केही कारणले एकै ठाउँमा जम्मा भएर बस्यो भने कोठी देखा पर्दछ । यो शरीरको सबै भागमा आउन सक्छ ।
तिलकोठी आउने कारण के हो ?
वंशाणुगत गुण नै तिलकोठी आउने कारण हो । यो सबैमा हुन्छ । कसैको धेरै हुन्छ त, कसैमा थोरै । कसैमा देखा पर्छ भने, कसैमा पर्दैन ।
तिलकोठीबाट कसरी बच्ने ?
वंशाणुगत गुणले गर्दा तिलकोठी आउने भएकाले यसलाई आउनै नदिने कुनै उपाय छैन् । तर हेर्दा सामान्य लागे पनि कोही व्यक्तिमा धेरै देखियो भने मानसिक चिन्ताले अन्य रोग निम्तिएको समेत पाइन्छ । यद्यपी यसलाई न्यूनिकरण गर्न भने सकिन्छ ।
१- घामबाट बच्ने, बाहिर हिड्डुल गर्दा गुणस्तरीय सन्स् किम लगाउने, र छालालाई सधै सफा राख्यो भने यसलाई कम गर्न सकिन्छ ।
२- जाडोको समयमा तिलकोठी बढी देखिने गर्दछ ।
३- यस्तो कोठीबाट बच्न खानामा मुख बार्नु पर्ने कुरा केही छैन् ।
४- यस्तो कोठी सबै उमेर समुहमा देखा पर्न सक्छ । तर युवा अवस्थामा बढी देखिने गर्दछ ।
कोठी धेरै नै छ जसले अनुहारमा सौन्दर्य कम गरायो भने चिकित्सकको सल्लाहा बमोजिम लेजर वा अन्य माध्यमबाट हटाउन सकिन्छ । तर यो समधान सदाको लागि भने हुदैन् ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्