यसकारण आजै देखि त्यागौँ धूमपान

बिहिबार, १७ जेठ २०७५

  • एउटा चुरोटमा ४८०० भन्दा बढी रसायनहरु हुन्छन् जसमध्ये ६९ वटा क्यान्सर रोग लगाउन सहयोग गर्ने खालका हुन्छन ।
  • चुरोट, अल्कोहलको सेवन कम गर्नाले मात्रै क्यान्सर लाग्ने सम्भावना ३० प्रतिशतले कम भएर जान्छ ।
  • चुरोट पिउनाले हृदयघात हुने सम्भावना दोब्बर हुन्छ ।
  • संसारभर जति जनाले चुरोट सेवन गर्छन ती मध्य आधाको मृत्यु चुरोटको सेवनकै कारणले हुने गरेको छ ।
  • चुरोट पिउने व्यक्तिमा छालाको समस्या हुन्छ । जस्तो कि चाउरी पर्ने, सुख्खा हुने आदि ।
  • चुरोटमा हुने निकोटिनले शरीरमा कोलेस्टेरोलको मात्रा बढाउछ ।
  • गर्भवती महिलाले चुरोट पिउनाले संसारभर बार्षिक ५००० बच्चा पेट मै मर्छन । त्यसैगरी जन्मेको बच्चामा पनि सुस्त मनस्थितीको हुने, कम तौल को बच्चा जन्मिने , मस्तिस्कको खराबी हुने र जन्मेपछि मर्ने संभवाना पनि बढी हुन्छ ।
  • चुरोट सेवनले जिब्रोको स्वाद लिने क्षमता र नाक को सुघ्ने क्षमता कमजोर हुँदै जान्छ । त्यस्तै वीर्य उत्पादन क्षमता समेत घटदै जान्छ । महिलाहरुमा बाझोपनको सम्भावना दोव्वरले बढछ ।
  • सूर्तीजन्य पदार्थको सेवनका कारण संसारभर हरेक ६ सेकेण्डमा एक व्यक्तिको ज्यान जाने गरेको छ । र सो संख्या जोडदा बर्षभरीमा करीव ६० लाख पुग्न आउछ ।
  • सुर्तीजन्य पर्दाको सेवनकै कारण नेपालमा बर्षेनी २५ हजार व्यक्तिको ज्यान जाने गरेको छ ।
  • अरु धेरै समस्या चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुने गर्छ । तर त्यसलाई हामी विस्तारै ल्याउदै जानेछौँ । अहिलेलाई भने तपाईँले यदि चुरोट सेवन गर्दैहुनुहुन्छ भने आजैबाट त्याग्नुहोस ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको