धुमपान छोड्न चाहनुहुन्छ ? अपनाउनुहोस् यस्तो विधि

शुक्रबार, १८ जेठ २०७५

धुमपानले हाम्रो स्वास्थ्यमा गम्भिर असर गर्छ भन्ने थाहा हुँदाहुँदै पनि संसारका धेरै मानिसमा धुमपानको गहिरो लत लागेको छ । 

 

Ad

चिकित्सकहरुका अनुसार चुरोटको धुँवामा २०० भन्दा धेरै प्रकारका हानीकारक तत्वहरु हुन्छन् ।

 

यसरी सकिन्छ धुमपान त्याग्न:

तपाईले धुमपान छोड्न चाहेको दिन अगाडी तपाईले धुमपान किन त्याग्न लाग्नुभएको भन्ने कारणहरुको एउटा सूची बनाउनुहोस् । जब तपाईलाई चुरोटको तलतल लाग्छ त्यतिखेर उक्त सूची निकाल्नुहोस् र किन धुमपान छोड्न लाग्नुभएको हो सम्भिmनुहोस् ।

आज हामी तपाईलाई धुमपान छोड्ने तरिका सिकाउन गइरहेका छौं । धुमपान छोड्नुअघि कारणहरुको यस्तो सूची बनाउनुहोस्ः

-म मेरो स्वास्थ्य सुधार्न चाहन्छु ।

-मैले मेरो परिवारको लागि धुमपान छोडेको हो ।

-मैले धेरै पैसा चुरोटमा खर्च गरेँ ।

-म कुलतबाट मुक्त हुन चाहन्छु ।

-म अर्को चुरोट कतिखेर पिउने भन्ने कुरालाई लिएर चिन्तित हुन चाहन्न ।

-म अरुसँग बोल्दा चुरोटको धुँवा गन्हाउन चाहन्न ।

यदि तपाईलाई पनि धुमपानको गहिरो लत छ र आजैबाट धुमपान छोड्न चाहनुहुन्छ भने यो धेरै नै राम्रो विचार हो ।

तपाईले सजिलैसँग धुमपान छोड्न आफ्नो सोच दृढ बनाउन पर्छ किनभने निकोटिनको लत छुटाउन त्यति सजिलो त हुँदैन ।

यस्ता छन् धुमपान छोड्न उपयोगी ९ टिप्स

१. दिन तय गर्नुहोस्

यो धेरै नै महत्वपूर्ण छ किनभने यसले तपाईलाई एक निश्चित लक्ष्य दिन्छ । त्यसैले एउटा निश्चित दिन तय गर्नुहोस् जस्तैः कुनै महिनाको पहिलो दिन वा तपाईको जन्मदिन वा नयाँवर्ष ।

तपाईलाई एकैचोटी छोड्न गाह्रो हुन्छ भने छोड्ने तय गरेको केहि दिनअगाडी देखि नै चुरोट पिउने मात्रा घटाउन सक्नुहुन्छ । दिन तय गर्नाले तपाईलाई धुमपान छोडेपछि के गर्ने भन्ने योजना बनाउन समय हुन्छ र यसमा आफूलाई सहयोग गर्ने साथीहरु भेट्न पनि सक्नुहुन्छ ।

२. तपाईको दैनिकी बदल्नुहोस्

तपाईको दैनिक तालिका अनुसार कतिखेर चुरोट पिउनुहुन्छ भन्ने पहिचान गर्नुहोस् जस्तैः बिहान कफीसँग वा खाजा नास्ता खाएपछि चुरोट पिउने बानी हुन सक्छ । तपाईले यसलाई परिवर्तन गर्नुपर्छ ।

तपाईको बिहान कफी सँगै चुरोट पिउने बानी छ भने त्यसको सट्टा चिया पिउन सुरु गर्न सक्नुहुन्छ । खानापछि चुरोट पिउने बानी छ भने त्यसको सट्टा केहिबेर बाहिर हिड्न सक्नुहुन्छ । चरोट छोडेको केहि दिनसम्म चुरोट पिउन सम्झाउने सबैकुराहरु तपाईले टाढै राख्नुहोस् ।

३. केही समय पर्खिनुहोस् तलतल आँफै हट्छ

चुरोट पिउन छोडेको सुरुसुरुमा तलतल लाग्ने र गाह्रो महसुस हुन सक्छ । तपाईको छाती कसिलो हुन्छ र तपाई चिन्तित हुन सक्नुहुन्छ ।

निकोटिन त्यस्तो चिज हो जसले तपाईलाई धुमपान छोड्न कठिन बनाउँछ । विज्ञहरुका अनुसार धुमपान छोडेका मानिसहरुलाई निकोटिनको तलतल प्रत्येक दुई घन्टामा लाग्छ । तपाईको शरिरले निकोटिन चाहन्छ र ब्लडप्रेसर र मुटुको धड्कन बढ्न थाल्छ किनभने तपाई कुनै कुराबाट बञ्चित हुनुहुन्छ ।

तर, तपाई धैर्य रहनुहोस् किनभने त्यस्तो तलतल सिमित समयको लागि हुन्छ । यस्तो मात्रै तीन देखि पाँच मिनेटसम्म हुन्छ र त्यसबीचमा चुरोट पिउनुभएन भने त्यो आँफै हराँउछ । तलतलले धेरै सतायो भने पानी पिउनुहोस्, साथीलाई फोन गर्नुहोस्, एकछिन हिँड्नुहोस, लामो सास फेर्नुहोस वा मोबाइलमा गेम खेल्नुहोस् ।

४. व्यस्त रहनुहोस्

आफूलाई सँधै व्यस्त राख्नुहोस्, ब्यस्त भएमा मनमा धुमपान गर्ने सोच आँउदैन । तपाईले त्यसको सट्टा चुइङगम चपाउने, मेडिटेसन गर्ने, आफ्नो हात व्यस्त राख्ने, फिल्म हेर्ने र धुमपान नगर्ने साथीहरु र परिवारसँग भेटघाट गर्ने जस्ता कार्य गर्नसक्नुहुन्छ ।

५. पानी प्रसस्त पिउनुहोस्

तपाईले धेरै पानी पिउनुभयो भने त्यसले शरीरमा भएका निकोटिन बाहिर निकाल्न मद्धत गर्छ । जब तपाईलाई चुरोटको तलतल लाग्छ र धुमपान गर्न मनलाग्छ भने चिसो पानी पिउनुहोस् ।

६. सक्रिय रहनुहोस्

धुमपानले तपाईको फोक्सोलाई खराब बनाउँछ जसले तपाईलाई एकैछिन हिँड्दा, दौडदा वा र भर्याङ चढ्दा गाह्रो हुन सक्छ । धुमपान छोडेपछि नियमित एक्सरसाइज गर्ने गर्नुहोस् ।

७. बिस्तारै सजिलो हुन्छ भन्ने सोच्नुहोस्

धुमपान त्यागेको सुरुका दिनहरुमा तपाईलाई तलतलसँग लड्न धेरै गाह्रो हुन सक्छ । निकोटिन नपाएरले टाउको दुख्ने, घाँटी खसखसाउने र निन्द्रा नलाग्ने जस्ता समस्या देखिन सक्छ । तर तपाई केहि दिनपछि राम्रो महसुस हुन्छ भन्ने कुरा सोच्नुहोस् ।

८. विशेष उपलक्ष्य भन्दै चुरोट नपिउनुहोस्

तपाईलाई लाग्न सक्छ तपाईले कामको चापको बेलामा एउटा चुरोट पिइदिँदा केहि बिग्रँदैन । त्यस्तै तपाईलाई विशेष उपलक्ष्यमा साथीले चुरोट पिउन कर गर्न सक्छन् तर पनि चुरोट नपिउनुहोस् । धुमपान त्यागिसकेपछि एक खिल्लीमात्रै चुरोट पिउनुभयो भने पनि त्यसले तपाईलाई अर्को खिल्लि गर्दै फेरि बानी पर्न सक्छ ।

९. तौल बढ्न नदिनुहोस्

धेरै मानिसहरु जो धुमपान गर्न छोड्ने तरखरमा हुन्छन उनीहरु धुमपान छोडेपछि तौल बढ्ने कुरामा चिन्तित हुन्छन् । तर, सँधै यस्तो अवस्था हुँदैन धुमपान छोड्ने सबै मानिसहरुको तौल बढ्दैन । तौल बढ्न नदिन पानी धेरै पिउनुहोस र एक्सरसाइज धेरै गर्नुहोस् ।

यदि तपाईले चुरोट छोड्नुभयो भने केही समय पछि नै तपाईको शरीर फेरि स्वस्थ हुन थाल्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको