मलाशय र गुद्द्धार क्यान्सरको परीक्षण ४५ वर्ष आसपासमा उपयुक्त

शुक्रबार, १८ जेठ २०७५

 

एजेन्सी– यदि तपाईं ४० को दशकको मध्यतिर पुुग्नुुभयो र कोलोन –मलाशय अर्थात बोसे आन्द्रा) परीक्षण गराउनुु भएको छैन भने परीक्षण गराउनतिर लाग्नुहोला। यो कोलोन परीक्षणको सही समय हो। 

 

अमेरिकन क्यान्सर सोसाइटीले ४५ देखि ५० वर्षका वयस्कका लागि कोलोन तथा रेक्टल (गुुद्द्वार) क्यान्सर परीक्षण गराउन  सुुझाव दिइएको नयाँ संशोधित निर्देशिका जारी गरेको हो। युवाहरुबीच कोलोरेक्टल (कोलोन र रेक्टल दुवै) क्यान्सरमा वृद्धि भइरहेको अवस्थामा यो निर्देशिका आएको हो। 

 

 

Ad

सोसाइटीका अनुसार यो क्यान्सरबाट अफ्रिकन अमेरिकन, अलास्काका आदिवासी तथा परिवारमा पहिल्यै पीडित भएकाहरुका सदस्य बढी जोखिममा हुन्छन्। यस्ता मानिसहरुले पहिल्यै परीक्षण गराउनुपर्ने सुुझाव सोसाइटीको छ। 

बुधबार प्रकाशित ‘अ क्यान्सर जर्नल फर क्लिनिसियन्स’ मा वयस्कहरुका लागि परीक्षणका लागि ६ विकल्प उल्लेख गरिएको छ। जसमा दिसा परीक्षणदेखि कोलोनोस्कोपीसम्म छन्। अमेरिकाकै अर्को स्वास्थ्य संस्था युुएस प्रिभेन्टिभ सर्भिस टास्क फोर्सले ५० वर्ष आसपासका मानिसहरुले नियमित रुपमा कोलोन र रेक्टल क्यान्सरको परीक्षण गर्नुपर्ने  सुुझाव दिने  गरेको छ। 

कोलोन र रेक्टर दुवै खालका क्यान्सर कोलोरेक्टल क्यान्सर विश्वमा तेस्रो ठूलो मृत्युको कारण बन्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। अमेरिकामा भने यो क्यान्सर मृत्युको दोस्रो ठूलो कारण हो। यसले महिला तथा पुरुष दुवैलाई उत्तिकै प्रभाव पार्छ। केही अध्ययनअनुसार ५५ वर्षभन्दा मुनीका अफ्रिकन अमेरिकनहरुमा कोलोरेक्टल क्यान्सरको संख्या बढ्दो छ। 

२० देखि ५४वर्ष उमेरका मानिसहरुको मृत्युदर १९७० देखि २००४ सम्म घट्दो  रहेपनि त्यसयता बढ्दो रहेको जनाइएको छ। २००४ यता अमेरिकामा कोलोरेक्टल क्यान्सरबाट मृत्यु हुनेको संख्या हरेक वर्ष १ प्रतिशतले बढ्ने तथ्यांक छ। 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको