हाडजोर्नीमा यस्तो समस्या त छैन ? ख्याल गर्नुहोस्

आइतबार, २० जेठ २०७५

 

तपाईंमध्ये कतिले भोगिरहनुभएको होला, हाडजोर्नीको समस्याले गर्दा हिँडडुल गर्नै गाह्रो हुने ।

 

यता सामान्य काम गरौं, सकिदैन । यसो बाहिर हिँडडुल गरौं, सकिदैन । घरधन्दाको काम गरौं, सकिदैन । शौचालय आउजाउ गर्न समेत मुश्किल । यस्तो अवस्थामा तपाईं पक्कैपनि मानसिक पीडाबाट गुजि्ररहनुभएको होला । यस्तो अवस्थामा सक्रिय जीवन बिताउन कति कठिन हुन्छ ?

 

हाडजोर्नी सम्बन्धि समस्याकै कारण मानिसहरुको सक्रिय तथा स्वतन्त्र जीवन विताउने चाहना सिमित हुँदै गएको छ । हार्डजोर्नीको समस्याले मानिसहरु शारीरीक असक्षममात्र नभई दीर्घकालीन समस्या समेत निम्त्याउने गर्छ । हाडजोर्नी सम्बन्धि समस्या उमेर पुगेकाहरुलाई मात्र नभई युवा पुस्ताहरुमाझ समेत सामान्य हुँदै गएको छ । यसबाट बच्नका लागि यी उपायहरु अपनाउन जरुरी छ ।

 

सन्तुलित आहारको सेवन

सही व्यायामको साथमा सन्तुलित आहारको सेवनले जोर्नी तथा हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । र हड्डीलाई स्वस्थ राख्ने सबैभन्दा राम्रो उपाय भनेको सन्तुलित आहारको सेवन हो । सन्तुलित आहारको सेवनले संयुक्त हड्डी तथा हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ । र, हड्डीलाई स्वस्थ राख्न सन्तुलित तथा पोषणयुक्त आहार सेवन गर्न निकै जरुरी छ ।

हड्डीलाई स्वस्थ राख्न क्याल्सियम, भिटामिन डी तथा सप्लीमेन्टको सेवन गर्न आवश्यक छ ।

सप्लीमेन्टको सेवन

स्वस्थ शरीर तथा शरीरीक तन्दरुस्तीका लागि क्याल्सियम, भिटामिन ‘डी’ लगायतका सप्लीमेन्टको सेवन गर्न जरुरी छ । क्याल्सियम तथा भिटामिन ‘डी’ सामान्यतया खाना तथा घाम बाट प्राप्त गर्न सकिन्छ । तर यदी खानपानबाट क्याल्सियम , भिटामिन डी लगायतका पौष्टिक तत्वको पूर्ति नभएमा सप्लीमेन्टको सेवन गर्न जरुरी छ । तर त्यस्ता सप्लीमेन्ट सेवन गर्दा भने यसलाई सप्लीमेन्टकै रुपमा प्रयोग गर्नु पर्दछ । जुन यस प्रकार छः

क्याल्सियम

हड्डीलाई मजबुती प्रदान गर्न क्याल्सियमको सेवन जरुरी छ । क्याल्सियमको सेवनले हड्डीमात्र नभई दातलाई समेत मजबुती प्रदान गर्दछ । क्याल्सियम विशेषगरी दुध तथा दूग्धजन्य पदार्थबाट प्राप्त गर्न सकिन्छ । र, भिटामिन डीको विना शरीरले क्याल्सियम सोस्न सक्दैन । ब्रोकाउली, सिरियल्स, तोफु लगायतका सप्लीमेन्ट युक्त खानाको सेवनले पनि शरीरमा क्याल्सियमको पुर्ति गर्न सकिन्छ ।

भिटामिन डी

भिटामिन डी सामान्यतया घामबाट प्राप्त हुन्छ । त्यसबाहेक, अण्डाको पहेलो भाग, माछा लगायतका डेयरी प्रोडक्ट मार्फत पनि शरीरमा भिटामिन डी प्रापत गर्न सकिन्छ ।

शारीरीक गतिविधिमार्फत सक्रिय रहने

सकि्रय जीवनशैली तथा नियमित रुपमा गरिने शारीरीक श्रम स्वस्थ शरीरका लागि निकै जरुरी छ । त्यस्तै, हड्डीलाई मजबुती प्रदान गर्न पनि शारीरीक गतिविधीमार्फत सकि्रय रहन जरुरी छ ।

त्यस्तै, नियमित रुपमा कसरत गरेर पनि जोर्नी तथा हड्डीलाई बलियो बनाउन सकिन्छ । तर त्यसको लागि कडा व्यायाम भने गर्नु हुँदैन । जसले गर्दा जार्नी तथा हड्डीलाइ प्रत्यक्ष रुपमा असर गर्न सक्दछ । यस्ता असरबाट बच्नका लागि पहिले स्ट्रच बण्ड सहित वेट प्रयोग गरेर व्यायाम गर्न सकिन्छ ।

त्यस्तै, कुनै पनि एक्सरसाइज गर्नु भन्दा पहिले पाँच मिनेट तन्किने एक्सरसाइज गर्न जरुरी छ , जसले शरीरलाई सन्तुलित राख्न मद्दत गर्छ । र, कुनै पनि गम्भीर समस्या हुनबाट बचाउँछ ।

त्यस्तै, कुनै पनि एक्सरसाइज सुरु गर्नु अघि वा सकिसकेपछि रिल्याक्सिङ्ग – आराम दिलाउने) एक्सरसाइज गर्न जरुरी छ । यस किसिमको एक्सरसाइजद्धारा पनि शरीरमा गम्भीर समस्या हुनबाट जोगाउन सकिन्छ ।

सावधानीका उपाय

हाडजोर्नी सम्बन्धि समस्या हुनबाट बच्न सावधानीपूर्वक उपायहरु अपनाउनु पर्छ । यसका लागि हाडजोर्नीमा कुनै समस्या वा परिर्वतन देखिएमा तुरुन्तै निम्न लिखित उपायहरु अपनाउनु पर्छ । जस्तैः

-हाडजोर्नीमा कतै सुन्निएमा तुरुन्तै वरफ राखेर सेक्नु पर्छ । जसका कारण उक्त भाग धेरै सुन्निन पाउँदैन ।

-हाडजोर्नी सम्बन्धि कुनै पनि समस्या देखिएमा कुनै पनि किसिमको सम्झौता गर्नु हुँदैन ।

-चोट लागेको ठाउँमा राम्ररी पट्टी लगाउने, जसले गर्दा रक्त प्रवाह राम्रोेसित हुन्छ ।

-यति गर्दा पनि दुखाई कम नभएमा तुरुन्तै विशेषज्ञ चिकित्सकसित सम्पर्क गर्नु पर्दछ ।

स्वस्थ बानी अपनाउने

हाडजोर्नी सम्बन्धि समस्या हुनबाट बच्नका लागि स्वस्थ बानी अपनाउन जरुरी छ । जुन यस प्रकार छ ः

-सही तरीकाले बस्ने

-ढाडलाई सिधा राख्ने तथा काधलाई पछाडी ढकेल्ने

-धेरै भारी सामान नउठाउने

-सुत्दा तकियाको प्रयोग गर्ने । तकीयाको सही प्रयोगले गर्दनको हड्डीलाई सही पोजिसनमा राख्न मद्दत गर्छ ।

-सजिलो किसिमको लुगा तथा जुत्ताको प्रयोग गर्ने । किनकी सबै किसिमको लुगा तथा जुत्ता हाम्रो शरीर, जोर्नी तथा हड्डीको लागि सही नहुन सक्छ ।

-हाई हिलको प्रयोगले केही मानिसमा प्लान्टर फेसाइटिसको समेत समस्या निम्त्याउन सक्छ । त्यसैले, जुत्ता छान्दा जहिले पनि उच्च गुणस्तरको तथा उचित साइजको जुत्ताको छान्नु पर्छ , जसले खुट्टामा पीडा हुने समस्याबाट बचाउनुका साथै रक्तसञ्चारलाई प्रभावकारी बनाउन मद्दत गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको