नेइमार घाईते ! प्रशिक्षण समेत बन्द , ब्राजिललाई चिन्ता

बुधबार, ०६ असार २०७५

 

काठमाडौं, २०१८ फिफा विश्वकपको दाबेदार ब्राजिलका फरवार्ड नेइमार घाईते भएका छन् । खुट्टामा चोट लागेको कारण उनले प्रशिक्षण समेत बन्द गरेका छन् ।

स्विट्जरल्यान्ड विरुद्धको खेलमा उनको दायाँ गोलीगाँठोमा सामान्य चोट लागेको थियो।

चोटग्रस्त नेइमारले सोमबार केही समय मात्र प्रशिक्षण गरे भने मंगलबार प्रशिक्षणमा सहभागी भएनन् ।

ब्राजिलियन टिमका प्रवक्ता भनिकुअस रोद्रिगेजका अनुसार नेइमार अहिले फिजियो समक्ष उपचार गराइरहेका छन्। उनी बुधबार बेलुकाको प्रशिक्षणमा सहभागी हुने प्रवक्ताको भनाइ छ।

गत फेब्रुअरीमा खुट्टाको शल्यक्रिया गरेपछि नेइमारले त्यसपछि सिजनका सबै खेल गुमाएका थिए। नेइमार विश्वकपको वार्मअप खेलमा मैदान फर्किएका थिए। क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेर उनले उत्कृष्ट पुनरागमन गरेका थिए। अस्ट्रिया विरुद्धको पनि गोल गरेका विश्वकपको पहिलो खेलमा भने चल्न सकेनन्।

समूह ‘ई’ मा रहेको ब्राजिलले शुक्रबार दोस्रो खेलमा कोस्टारिकासँग खेल्दैछ। यद्पि २६ वर्षीय नेइमार कोस्टारिकासँगको खेलमा अनुपस्थित रहेमा ब्राजिललाई नोक्सानी व्यर्होनुपर्न सक्ने चिन्ता देखिन जान्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको