काेही नभएकाे मैका छोपी लठ्याउने औषधि सुँघाएर, विष खुवाएर लुट्ने महिला पक्राउ

बुधबार, ०६ असार २०७५

 

धरान / सोझा साझा, घरमा परिवारका अन्य सदस्य नभएको मैका छोपेर लठ्याउने औषधि सुँघाएर, विष खुवाएर लुट्ने र चोरी गर्दै हिड्ने एक महिलालाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरेको छ । सुनसरी जिल्ला साविकको भरौल ७ भई हाल इटहरी उपमहानगरपालिका वडा नं. १३ खनार बस्ने ५८ की विष्णुकुमारी कटुवाल खड्का उर्फ राधा कार्कीलई पीडितका परिवारले हुलियासहित दिएको जाहेरीको आधारमा प्रहरीले ती महिलालाई सोमबार धरान उपमहानगरपालिका वड नं. १८ रत्नचौकबाट लठ्यउने औषधि र विषसहित प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

 

प्रक्राउ परेकी कटुवाल उर्फ कार्कीले धरान उपमहानगरपालिका वडा नं. २ सदन रोडकी ७६ बर्षिया विष्णुकुमारी श्रेष्ठ, धरान १८ की धनमाया लिम्बुलाई लुटपाट गर्ने नियतले तीन दिन अगाडि लठ्याउने औषधि सुघाउदा दुवै महिललाई परिवारले उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा पु¥याउनु परेको थियो ।

प्रहरी नायव उपरीक्षक पौड्यालले दिनुभएको जानकारी अनुसार ती महिलाको व्यागमा धुलो जस्तो सेतो पदार्थ र हरियो झ्यास समेत भेटिएको छ । धुलो के हो भन्ने एकीन नभएकोले सोको परीक्षणका लागि विधि विज्ञन प्रयोगशाला पठाउने तयारी भइरहकेो छ । षि खुवाई जबरस्ती चोरी, ज्यान मार्ने उद्योगमा निज महिला २०७० फागुनमा कारागर चलान भएमी र हालसालै जेलबाट छुटेकी थिइन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको