उदयपुरका दर्जन बढी निजी स्वास्थ्य संस्था अवैध रुपमा संचालन

बिहिबार, ०७ असार २०७५

 

उदयपुर,  कटारीमा सञ्चालित करीब एक दर्जन निजी क्लिनिक, अस्पताल तथा फार्मेसी पसलहरु अवैध रुपमा सञ्चालन हुँदै आइरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, ईलाका प्रशासन कार्यालय र कटारी नगरपालिका स्वास्थ विभागको संयुक्त अनुगमन टोलीले गरेको सयुक्त अनुगमनबाट निजी संस्थाहरु अवैध रुपमा सञ्चालन भएको पाइएको हो ।

अधिकांश निजी अस्पताल, पोलिक्लीनिक र फार्मेसी पसलहरु मापदण्ड पुरा नगरेको, सम्बन्धित निकायमा दर्ता नै नभएको, संस्था नविकरण नगरेको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

अनुगमनका क्रममा रोहित रोशन मेडिकलमा आवश्यक कुनै पनि कागजात नभेटिएको दर्ता बिना नै पोलिक्लिनिक संचालन गर्ने गरेको छ । यस्तै सोही पोलिक्लिनको ल्याब र फार्मेसी संचालनको अनुमति बेगर संचालनमा रहनुको साथै सम्बन्धित कर्मचारी समेत नभेटिएको निमित्त प्रमुख यादवले जानकारी दिए ।

आकृति डेण्टल क्लिनिक पनि विना दर्ता संचालनमा रहेकोले १५ गते भित्र सम्पूर्ण प्रकिया पूरा गर्न निर्देशन दिइएको छ । त्यसका साथै आरोग्य हेल्थ क्लिनिकले कुनै पनि प्रकिया पूरा नगरी अवैध रुपमा संचालन गरि रहेको अनुगमन टोलीले भेटेपछि तत्काल शिल गरिएको छ ।
आरोग्य हेल्थ क्लिनिकलाई आवश्यक प्रकिया पूरा गरेर मात्र संचालन गर्न निर्देशन दिईएको निमित्त प्रमुख यादवले बताए ।

हिमाल होमियो फार्मेसीमा म्याद नाघेका औषधिहरु भेटिएपछि हिमाल फार्मेसी पनि बन्द गरिएको निमित्त प्रमुख यादवले जानकारी दिए ।

जनस्वास्थ्य निरीक्षक राम चन्द्र यादवका अनुसार सगरमाथा हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालन स्वीकृतको म्याद सकिएकाले असार १५ गते भित्र नविकरण गर्न निर्देशन दिईएको छ ।

उज्जवल मेडिकल, जन–आस्था फार्मेसी, जनता साझा पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर, हलेसी फार्मेसी पसल पनि विना अनुमति विनै संचालनमा रहेकोले आवश्यक सम्पूर्ण प्रकिया पूरा गरेर मात्र फार्मेसी संचालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

काठमाडौं अप्टिकलमा भने टेक्निसियन नभेटिएको अनुगमन टोलीले जानकारी दिएको छ । भने शाह मेडिकललाई स्विकृति लिएर मात्र एक्स रे संञ्चालन गर्न निर्देशन दिइएको छ । त्रिवेणी डेन्टल हाउसको कागजात फेला नपरेकाले शिलबन्दी गरिएको कटारी नगरपालिकाका स्वास्थ्य संयोजक राम नारायण चौधरीले जानकारी दिए ।

सम्राट औषधालयमा औषधि पसल नै दर्ता नगरेको पाईएको छ । सम्राट औषधालय गाईघाटमा पनि उहि एउटै व्यक्तिले संचालन गरेको बुझिएको छ भने विशाल पोलिक्लिनिकले पनि प्रकृया पुरा नगरेको भेटिएको छ ।

मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरुलाई आगामी असार १५ गतेभित्र सवै प्रकृया पुरा गर्न निर्देशन दिएको छ । म्याद भित्र पनि आवश्यक प्रकृया पुरा नगरे कानूनी कार्वाही गरिने निमित्त प्रमुख यादवले बताए ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको