उपभोक्ता ठग्ने तनहुँको पेट्रोल पम्पमा सिलबन्दी
बिहिबार, ०७ असार २०७५

जिल्ला प्रशासन कार्यालय तनहुँले आबुखैरेनीमा रहेको मीना आयल स्टोर्समा सिलबन्दी गरेको छ । बुधबार अनुगमनको क्रममा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि प्रशासनले पेट्रोल पम्पमा सिलबन्दी गरेको हो । बुधबार प्रशासनले आबुखैरेनीदेखि दमौलीसम्मका सातवटा पेट्रोल पम्पमा अनुगमन गरेको छ ।
मीना आयल स्टोर्सले कम परिमाणमा पेट्रोल बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएकाले सिलबन्दी गरिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्