फर्सीको मुन्टा मन पर्छ ? हुन्छ यस्ता अनेकौ गुण, यस्ता छन् फाईदै फाईदा

बिहिबार, ०७ असार २०७५

 

एजेन्सी – फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ । फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ ।

युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।

 

बढ्दो उमेरलाई छेक्न
फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

 

आँखा स्वास्थ्यको लागि लाभकारी
फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

 

कोलेस्ट्रोललाई नियन्त्रण गर्न
अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

 

प्रजनन क्षमतामा वृद्धि
तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

 

मधुमेहलाई गर्छ नियन्त्रण
मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

 

छालाको लागि फाइदाजनक
फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

 

क्यान्सरबाट जोगाउन
फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ ।

 

पाचन प्रणालीलाई स्वस्थ राख्छ
फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईँको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको