किन दुख्छ ढाड ?

बुधबार, १२ असोज २०७३

ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांशपेसी, नसा, हाड अथवा अन्य संरचनामा अनुभव गरिने समस्या हो। यद्यपी, कतै कतै पित्तथैली तथा पेन्क्रियाजको दुखाइलाई पनि ढाड दुखेको भन्ने गरेको पाइन्छ।

ढाड दुख्ने समस्या प्रायजसो ढाडको तल्लो भागमा महशुस गरिन्छ। ढाड दुख्ने समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ। यो समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ। यसको प्रकृति मन्द पीडा दिने, अत्यन्त पीडा दिने, घोचेको जस्तो झस्का महशुस हुने वा पोल्ने खालको हुन सक्छ। यसको दुखाइ बिस्तारै पाखुरा हुँदै हातभर तथा खुट्टामा पनि सर्न सक्छ र दुखाइभन्दा फरक किसिमका लक्षण पनि देखापर्न सक्छ। ती लक्षणहरू नसामा चोट लागेको हात गोडा झन्झनाउनु, कमजोर हुनु वा स्तब्ध हुनु आदि हुन्।

ढाड दुख्ने समस्याले धेरैलाई दुख दिने भएपनि यसलाई पूर्ण रूपमा निदान गरिएको उदाहरणहरू एकदमै कम छन्। डिस्क हर्नियोसिस तथा स्टेनोसिस भएको बेलामा पनि कुनै उपचार नगर्नु वा सुई लगाउनु वा सल्यकृया गर्नुको एक वर्षपछिको परिणाम लगभग उस्तै भएको र पीडा केही मात्रामा मात्र कम भएको पाइन्छ। अमेरिकामा प्राय मानिसहरूलाई चिकित्सककोमा धाउन वाध्य बनाउने कारणहरू मध्ये ढाडको तल्लो भागमा दुख्ने समस्या पाँचौ स्थानमा पर्दछ। दस मध्ये नौ वयस्कहरूले आफ्नो जीवनको कुनै न कुनै खण्डमा ढाड दुख्ने समस्या महशुस गरेका हुन्छन्। त्यस्तै दस मध्ये पाँच काम गर्ने वयस्कहरूको प्रत्येक वर्ष ढाड दुख्ने समस्या रहेको पाइन्छ।

सम्बन्धित अवस्थाहरूः
साधारणतया ढाड दुख्ने समस्यामा अस्पताल पुगिहाल्नु आवस्यक छैन। केही परिस्थितीलाई छोडेर यो समस्याका धेरै अध्यायहरू आफूमै सीमित रहेर कुनै जटिलता ननिम्ताउने खालका हुन्छन्। प्राय ढाड दुख्ने समस्याहरू सुन्निने कारणले हुने गर्दछन्। विशेष गरी अचानक महशुस हुने समस्या दुई हप्तादेखि तीन महिनासम्म रहने गर्दछ।

निकै थोरै सम्भावना भए तापनि ढाड दुख्ने समस्या गम्भीर बिमारीको संकेत पनि हुन सक्छ।
मलाशय तथा मुत्राशयको नियन्त्रण नहुनु तथा बिस्तारै बढ्दै जाने खुट्टाको कमजोरी जस्ता मृत्यु निम्ताउने समस्याका संकेतहरू हुन्।
बिमारीका अन्य लक्षणहरूसँग ९जस्तै ज्वरो, बीना कारण तौल घट्ने० देखापर्ने अति ढाड दुख्ने समस्याले (निन्द्रा नै बिथोल्ने खालको पीडा) गम्भीर स्वास्थ्य समस्याको संकेत गर्दछ।
कुनै दुर्घटनापछि हुने ढाड दुख्ने समस्याले हाड मर्किएको वा फुटेको वा अन्य चोटपटकको संकेत गर्छ।
केही मानिसमा देखापर्ने अस्टिओपोरोसिस वा मल्टिपल माइलोमाले स्पाइनल कर्डमा आघात पर्नसक्छ।
कारणहरू

साधारणतया ढाड दुख्ने समस्यामा अस्पताल पुगिहाल्नु आवस्यक छैन। केही परिस्थितीलाई छोडेर यो समस्याका धेरै अध्यायहरू आफूमै सीमित रहेर कुनै जटिलता ननिम्ताउने खालका हुन्छन्। प्रायढाड दुख्ने समस्याहरू सुन्निने कारणले हुने गर्दछन्। विशेष गरी अचानक महशुस हुने समस्या दुई हप्तादेखि तीन महिनासम्म रहने गर्दछ। निकै थोरै सम्भावना भए तापनि ढाड दुख्ने समस्या गम्भीर बिमारीको संकेत पनि हुन सक्छ।

मलाशय तथा मुत्राशयको नियन्त्रण नहुनु तथा बिस्तारै बढ्दै जाने खुट्टाको कमजोरी जस्ता मृत्यु निम्ताउने समस्याका संकेतहरू हुन्। बिमारीका अन्य लक्षणहरूसँग -जस्तै ज्वरो, बीना कारण तौल घट्ने) देखापर्ने अति ढाड दुख्ने समस्याले (निन्द्रा नै बिथोल्ने खालको पीडा) गम्भीर स्वास्थ्य समस्याको संकेत गर्दछ। कुनै दुर्घटनापछि हुने ढाड दुख्ने समस्याले हाड मर्किएको वा फुटेको वा अन्य चोटपटकको संकेत गर्छ।

व्यवस्थापनः
ढाड दुख्ने समस्याको उपचारको व्यवस्थापनको मुख्य उद्देश्य सकेसम्म छिटो र अत्याधिक मात्रामा पीडा घटाएर पीडितलाई दैनिक काममा फर्काउनु, बाँकि पीडासँग सामना गर्न सहयोग गर्नु, उपचारबाट उत्पन्नहुने नकारात्मक असरहरूको व्यवस्थापन गर्नु तथा बिरामी निको हुने क्रममा आइपर्ने कानुनी, सामाजिक तथा आर्थिक जटिलतामा सहयोग गर्नु आदि हुन्छ। धेरैको लागि यसको उद्देश्य पीडालाई व्यवस्थापन गर्न सकिने स्तरमा राख्दै सुधारोन्मुख बनाउनु हो। बिस्तारै पीडा कम गर्दै लामो समयसम्म पीडाबाट मुक्त बनाओस्। अझ केहीका लागि यसको उद्देश्य चिरफारबिनाका उपचारबाट दुखाइ कम गरेर जटिल चिरफारबाट बच्नु पनि हो। तर पनि केही मानिसहरू सल्यक्रिया गरेर छिटोभन्दा छिटो पीडाबाट मुक्ति रोज्ने गर्दछन्। अहिलेसम्मको तथ्याङ्क अनुसार सबै उपचारले सबै अवस्थामा काम गर्दैनन्। त्यस्तै उस्तै अवस्थाका फरक( फरक व्यक्तिलाई पनि एकैखालको उपचारले निको नहुन सक्छ। धेरै पीडितहरूले धेरै खालका उपचारको परिक्षण गरेर मात्र आफ्नो लागि सही उपचार कुन हो भन्ने थाह पाउन सक्छन्। पीडाको वास्तविक अवस्था ९अचानक देखापर्ने वा लामो अवधिको० पनि उपचार विधि छान्न मद्दत पुर्याउने एक तत्व हो। ढाड दुख्ने समस्याबाट पीडित मध्ये एकदमै थोरै ९धेरैको अनुमानमा १५(१०५० पीडितलाई मात्र सल्यक्रिया आवस्यक हुन्छ।

पीडाः
तातोले सेकाएर गरिने उपचार ढाढ दुख्ने समस्याका लागि उपयोगी हुन्छ। कोच्रेन कोल्याबरेसनले गरेको एक अनुसन्धानले निकालेको निष्कर्षका अनुसार तातोले सेकाउँदा छोटो अवधिको समस्यामा पीडा कम हुन्छ। केही बिरामीहरूले बाफसहितको तातो वा मन्द ताप दिने वस्तुले ९त्यस्तो उपकरण जसले ४ देखि ६घण्टासम्म न्यानो बनाउन सक्छ० बढी फाइदा पुर्याएको पाए। ढाड दुख्ने समस्याका केही अवस्थामा कोल्ड कम्प्रेसन थेरापी पनि लाभदायक हुन्छ।
लामो अवधिको ढाडदुख्ने समस्यामा गरिने औषधोपचार विवादास्पद छ। मांसपेसीलाई आराम गराउने मसल रिलाक्स्यान्टहरूको केही मात्रा छोटो अवधिको ढाड दुख्ने समस्यामा उपयोगी मानिन्छ। यदि केही फाइदा र नकारात्मक असरलाई छोड्ने हो लामो अवधिको ढाड दुख्ने समस्यामा ओपिओइडहरूले मन शान्तिबाहेक केही दिदैनन्।
तुलनात्मक रूपमा लामो अवधिको तल्लो ढाड दुख्ने समस्या भएका व्यक्तिहरूलाई मसाजले पनि राहत दिन्छ। परम्परागत (स्विडिस) मसाजभन्दा अकुप्रेसर वा दबाब बिन्दु मसाज बढी प्रभावकारी हुन्छ।
पीडा कम गर्न कसरत पनि एक प्रभावकारी उपाय हुन सक्छ। तर यसको लागि अनुमति प्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा कसरत गरिनु पर्छ। साधारणतया केही निरन्तर तन्काइ तथा कसरतहरू प्राय ढाड दुख्ने समस्याको उपचारका प्रमुख तत्व रहेको विस्वास गरिन्छ। यद्यपी एक अध्ययनले कसरत अकस्मात देखापर्ने ढाड दुख्ने समस्यामा नभएर लामो अवधिको ढाड दुख्ने समस्यामा मात्र प्रभावकारी रहेको पाएको छ। अर्को अध्ययनले छोटो अवधिको समस्यामा ढाडको कसरत गर्नु भन्दा पीडा सहेर सकेसम्म आफ्नो दैनिक काममा लाग्नु नै प्रभावकारी भएको पायो।
लामो अवधिको ढाड दुख्ने समस्या

तीन महिनासम्म ढाड दुख्ने समस्याले ग्रस्त मानिसहरूलाई शारीरिक, मानसिक तथा सामाजिक समस्या आउने खतरा हुन्छ। यस्ता व्यक्तिहरूलाई समयमै विभिन्न प्रविधी तथा ज्ञानको प्रयोग गरी उपचार गरिएमा पीडा कम गर्न तथा अपाङ्ग हुनबाट बचाउन सकिन्छ।

यस्तो उपचारमा संयुक्त रूपमा शारीरिक, मानसिक तथा शैक्षिक विशेषज्ञहरूको समूहबाट गरिने परामर्श तथा उपचार सम्लग्न हुन्छन्। फरक(फरक विधाका विशेषज्ञहरूको सम्लग्नतामा गरिने यस्ता खालका उपचार महंगा तथा पीडा केन्द्रित हुन्छन्। यस्तो उपचार अति धेरै पीडा दिने र जटिल समस्यामा उपयुक्त हुन्छ।

लामो अवधिको ढाड दुख्ने समस्या भएका मानिसहरू धेरै हिँडडुल गर्न नसक्ने ररवा छोएको थाहपाउन नसक्ने पनि हुन सक्छ। पीडाले निरन्तरता पाएर जटिल बन्नु वा केही खतराका संकेतहरू देखा पर्नु विभिन्न गम्भीर अवस्थाका सूचक हुन्। यस्तो अवस्थामा थप परीक्षणको सल्लाह दिइन्छ। खतराका संकेत भन्नाले कमजोरी, निदाउने वा झन्झनाउने, ज्वरो, तौल घट्ने वा मलाशय ररवा मुत्राशयको नियन्त्रणमा समस्या देखा पर्ने आदि हुन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको