भर्खरै जन्मेको शिशुमा देखिने जण्डिसको व्यवस्थापन कसरी गर्ने ?

शनिबार, १६ असार २०७५

 

भर्खर जन्मेका शिशुहरुमा जण्डिस देखिने सम्भावना निकै बढी हुन्छ । कसैलाई सामान्य समस्या देखिन्छ । कसैमा कडा जण्डिस नै देखापर्छ । यस्तो बेलामा सामान्य सावधानी अपनाउन सकिएन भने त्यसले जटिल परिणाम निकाल्न सक्छ । आज हामी नवजात शिशुमा देखिने जण्डिसको अवस्था र समाधानको उपायका बारेमा जानकारी बताउने छौँ

 

कसरी थाह पाउने ?

निधार, नाक, हात तथा पैतलामा बुढी औलाले ५ सेकेण्ड सम्म थिच्ने र छाडने । यदि पहेलो पना देखिन्छ भने र तुरुन्तै बिलाउदैन भने त्यो बच्चालाई जण्डिस भएको हुनसक्छ ।

 

सामान्य र कडा जण्डिस कसरी छुट्याउने ?

यदि पहेलोपना हात खुट्टामा छैन र बच्चाको उमेर २ देखी १४ दिनको छ भने त्यो सामान्य जण्डिस हुनसक्छ । तर यदि पहेलोपना पुरै शरीर ( हात खुट्टामा ) भरि फैलिएको तथा बच्चाको उमेर १ दिन वा १४ दिन भन्दा बढी भएको खण्डमा यो कडा जण्डिस हो रहेछ भनेर जान्नुपर्छ ।

 

कडा जण्डिसको व्यवस्थापन कसरी गर्ने ?

यदि सामान्य जण्डिस रहेछ भने बच्चालाई विहानको कलिलो घाममा आँखा छोपेर राख्ने । स्तनपान पनि सकेसम्म बढी गराउने । तर यदि जण्डिस कडा रहेछ भने तत्कालै अस्पताल पुरयाउने वा विशेषज्ञ डाक्टरको सल्लाह लिने । आमाले आफ्नो बच्चालाई मायाको अंगालो ( नाङ्गो छातीमा टासेर न्यानो पार्ने तरिका) मा राख्ने । पटक पटक स्तनपान गराउने । यसो गर्दै गर्दा तपाईँ सम्भव हुन्छ भने नजिककै स्वास्थ्यसंस्थामा पुगी चिकित्सक तथा स्वास्थ्यकर्मीसंग सरसल्लाह गर्नु राम्रो हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको