क्यान्सरका प्रारम्भिक लक्षणहरु !

शनिबार, २२ माघ २०७३

 

क्यान्सर भन्ने बित्तिकै यसको लक्षण के होला भन्ने आम मानिसको मनमा प्रश्न उठ्नु स्वभाविक हो । तर, क्यान्सर हुँदा सुरुमा कुनै पनि लक्षण देखिदैन ।

जब क्यान्सर बढ्दै जान्छ तब मात्र लक्षण देखा पर्न थाल्छ । क्यान्सरका बिरामीले जब आफूलाई क्यान्सर भएको थाहा पाउँछन् त्यसबेला धेरै ढिला भइसकेको हुन्छ । क्यान्सर हुनु पूर्व प्रारम्भिक लक्षण भने देखा पर्छ ।

 

क्यान्सरका बारेमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल युनियन क्यान्सर कन्सनले क्यान्सरका प्रारम्भिक ८ लक्षणका बारेमा उल्लेख गरेको छ । जसले क्यान्सर हुने संभावनाको संकेत गर्न सक्छ ।

 

क्यान्सका लक्षणहरु :

 

- लामो समयसम्म निको नहुनेगरी खोकी लाग्ने र खोक्रो स्वर आएमा ।

 

- स्तन वा शरीरका कुनै पनि स्थानमा दुख्ने वा नदुख्ने गिर्खा आएमा ।

 

- कोठीको आकार, रङ र बनोटमा परिवर्तन भएमा ।

 

- कुनै पनि स्थानबाट अत्याधिक रत्तश्राव वा पिप आएमा ।

 

- नियमित रुपमा दिशा वा पिसाव नहुने र भएमा आनीबानी फरक हुने ।

 

- अपच वा खाना निल्न गाह्रो भएमा ।

 

- पुरानो घाउ लामो समयसम्म निको नभएमा ।

 

- बिना कारण तौलमा गिरावट आएमा ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको