डा. गोविन्द केसीको अनशन : कति जायज ?

आइतबार, ०६ साउन २०७५

 

२०६९ असार २१ गतेदेखि ५ दिनसम्म पहिलोपटक अनसन बसेका थिए, डा. गोविन्द केसी । त्यसयता मेडिकल माफियाविरुद्ध उनी पटकपटक अनशन बसिसकेका छन् । हालै केसी १४ औँ पटकको आमरण अनशनमा छन् । चिकित्सा शिक्षा अध्ययन संस्थानको ४ वर्षअघिको डिन पुनर्बहाली सम्बन्धी सर्बोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै डा. केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि आमहरण अनशन सुरु गरेका थिए ।

 

 

             डा. केसीको वक्तव्य र अनशन सुरु भएलगत्तै सर्वोच्च अदालतले अदालतको मानहानी भएको भन्दै उनलाई अदालतमा उपस्थित गराउन आदेश दियो । प्रहरीले डा. केसीलाई सोही दिन पक्राउ समेत गर्यो । केसी पक्राउ प्रकरण चर्किएलगत्तै देशका विद्धतवर्ग दुई भागमा विभाजित भए । डा. केसीका समर्थकहरु उनलाई यसरी पक्राउ गर्नुलाई दूराशयपूर्ण कदम भन्दै आन्दोलनमा उत्रिए भने कतिले केसीका वक्तव्य र मागप्रति असहमति पनि जनाए । यद्यपि केसीलाई सामान्य तारेखमा रिहा गरिएको छ ।

 

 

             माफिया सेटिङ
मेडिकल माफियाविरुद्ध र मेडिकल शिक्षाको क्षेत्रमा सुधारको नाम दिएर डा. गोविन्द केसी अनशन बस्दै आएका छन् । तर कतिपयको आरोप के छ भने डा. केसी स्वयम् मेडिकल माफियाको चंगुलबाट बाहिर छैनन् । यसमा दम किन पनि छ भने उनको आन्दोलन र अनशनका मुख्य अभियन्ता नै मेडिकल माफियाको आरोपी हुन् । डा. केसीलाई आन्दोलनमा साथ दिइरहेकाहरुले एमबीबीएसको प्रश्नपत्र नै आउट गर्ने गिरोहमा संलग्न छन् । यो गिरोहका सदस्यप्रति आरोप लगाउँदै डा. केसीलाई भेट्न पुगेका विद्यार्थीलाई डा.केसीले कुरै नसुनी फर्काइदिएको आरोप लाग्दै आएको छ । यो प्रकरणको छानविन भइरहेको छ । यसमा अहिलेसम्म प्राप्त भएका प्रमाणअनुसार आइओएमकै अधिकारी संलग्न भई प्रश्नपत्र आउट गरेको आशंकामा प्रहरीमा अनुसन्धान जारी छ । यदि यो प्रकरणको सत्यतथ्य बाहिर आउने हो भने निकै ठूलो रहस्यको पर्दाफास हुने बताइन्छ । धेरै ठूलो रकम लेनदेनको आधारमा प्रवेश परीक्षा दिने विद्यार्थीलाई प्रश्नपत्र आउट गर्दै आइरहेको यो प्रकरणबाट थाहा हुन्छ ।

 

 

             आइओएमका डीन जगदीश अग्रवाल
डा. केसीको पटकपटकको आन्दोलनपछि डीन बनेका व्यक्ति हुन् जगदीश अग्रवाल । केसीले बरिष्ठताको आधारमा डीन नियुक्त गरिनुपर्ने भन्दै आन्दोलन गर्दा अग्रवाल डीन नियुक्त भएपछि आफ्नो अनशन रोकेका थिए । प्रश्नपत्र आउट हुँदा विद्यार्थीले डा. केसीलाई अनशनस्थलमै भेटी यो विषयमा केसीको धारणा मागेका थिए । तर केसीले विद्यार्थीको यो मागको वास्तै नगरेको आरोप उनलाई लाग्दै आएको छ । गुणस्तरीय मेडिकल शिक्षाका लागि भन्दै पटकपटक अनशन बस्दै आएका केसीले एमबीबीएसको प्रवेश परीक्षामा हुने गरेको यो सेटिङलाई भने वास्ता नगर्नु रहष्यको विषय मानिएको छ । डा. केसीकै मागअनुसार डीन भएका जगदीश अग्रवाल र केसीको अनशनको एक मुख्य अभियन्ता नवीन शर्मा नै अनुसन्धानको घेरामा तानिदा पनि प्रश्नपत्र आउटको विषयमा डा.केसीले मुख खोलेका छैनन् ।

 

             पैसाको सेटिङमा पास
आइओएममा एमबीबीएसको प्रवेश परीक्षामा २५ र ५० लाख रुपैयाँ लिएर सेटिङमा पास गराउने गिरोहका मानिस नै डा. केसीलाई अनशनको आडमा आफ्नो व्यापार चलाइरहेको आरोप केसीलाई लाग्दै आएको छ ।

 

 

             के हुन् केसीका माग ?
– आइओएममा राजनैतिक हस्तक्षेप बन्द गरी डीन नियुक्त गर्नुपर्ने ।
– अनियमितता गर्ने त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने ।
– राष्ट्रिय चिकित्सा शिक्षा नीति तय गर्नुपर्ने ।
– आइओएमका भ्रष्ट पूर्वपदाधिकारीलाई कारवाही गर्नुपर्ने ।
– संसदीय समितिले मेडिकल कलेजलाई सम्बन्धन दिएका निर्देशन फिर्ता गर्नुपर्ने ।
– नयाँ मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन बन्द गर्नुपर्ने ।


नयाँ मेडिकल कलेज खोल्न नदिने मागको आलोचना
नयाँ मेडिकल कलेज खोल्न नदिने डा. केसीको मागले आलोचना पनि पाउने गरेको छ । केसी माफियाको दवावमा परी नयाँ मेडिकल कलेज खोल्न नदिने मागमा रहेको आरोप उनलाई लाग्दै आएको छ । डा. केसीको यो मागका कारण अर्बौ रुपैयाँ लगानी डुब्न लागेको आरोप केसीलाई लाग्ने गर्छ । शिक्षा मन्त्रालयले मेडिकल कलेज खोल्न आशयपत्र दिइसकेका कारण नयाँ मेडिकल कलेजका लागि अर्बौ रुपैयाँको लगानी भइसकेको छ । तर यही कुरामा बखेडा झिक्दै डा. केसीले नयाँ सम्बन्धन रोकेर निजी क्षेत्रलाई डुबाउने खेल खेलिरहेको बरिष्ठ चिकित्सक तथा मेडिकल कलेज सञ्चालकहरुको आरोप छ ।

 

             विदेशी माफियाको चक्कर
डा. केसीको आन्दोलनलाई विदेशी मेडिकल माफियाले समेत प्रभावित पारेको आरोप लाग्ने गर्छ । डा. केसीको आन्दोलनमा अग्रपंक्तिमा रही साथ दिइरहेकाहरु बिदेशी मेडिकल कलेजका एजेन्ट भएको आरोप छ । नेपालमा नयाँ मेडिकल कलेज खोेल्न नदिएपछि यहाँ पढ्न नपाएका विद्यार्थीलाई विदेशका मेडिकल कलेजमा पढ्ने अवस्थाको सिर्जना पनि केसीको आन्दोलनले गरिरहेको विद्यार्थीहरुको आरोप छ । त्यस्तै उनलाई आन्दोलनमा सघाउनेहरु चाइना, भारत, बंगलादेश लगायतका मुलुकका मेडिकल कलेजबाट मोटो रकम कमिसन लिएर विद्यार्थी पठाउने पृष्ठभूमिका देखिनुले पनि यो आरोपलाई बल पुराएको छ । पोष्ट ग्रयाजुएट र एमबीबीएस अध्ययनका लागि नेपाल बाहिर पठाउने कार्यमा पनि केसी आन्दोलनका समर्थकहरु सरिक भएको आरोप छ । सायद यिनै कारण पनि हुनसक्छ केसीको आन्दोलनमा दुर्गम स्थानका स्वास्थ्य संस्थामा रहेर सेवा दिइरहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको समर्थन पनि छैन र आन्दोलनमा सरिक पनि छैनन् ।

 

             डा. केसीको विपक्षमा आवाज
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुले पनि डा. केसीको विपक्षमा आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् । वरिष्ठ मानवअधिकारवादी नेता सुवोधराज प्याकुरेल तथा युवराज संग्रौलाले सामाजिक सञ्जालमा नै डा. केसीको आन्दोलनको विपक्षमा अभिमत व्यक्त गरेका छन् ।

 

मानवअधिकारवादी सुवोध प्याकुरेलले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन् ।

कानुन व्यवसायी युवराज संग्रौलाले आफ्नो फेसबुक वालमा यस्तो लेखेका छन् ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको