भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको घोषणा

सोमबार, २८ साउन २०७५

 

काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । नभए भदौ १ बाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने बताएको छ ।

 

संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । ‘यो स्थिति नआओस् भन्ने कामना गर्छौं’ अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए ।

 

मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद र हेलचेक्र्याइँले बिरामीको मृत्यु भएमा ३ वर्ष कैदको व्यवस्था भदौ १ देखि कार्यान्वयनमा आउने भएकाले चिकित्सकहरुले बिरोध जनाएका हुन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको