बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?

शुक्रबार, ०९ कार्तिक २०७५

 

पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ ।

 

अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ ।

केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको उमेरपछि ०.४ देखि ०.८ प्रतिशतले टेस्टोस्टेरोन हार्मोन घट्दै जान्छ र जसका कारण यौन चाहनामा कमी आउने पनि देखाएको छ । अर्को अध्ययनका अनुसार धेरैजसो पुरुषहरू जसले ६० नघिसकेपछि यौन चाहना बढी हुनु भनेको राम्रो होइन, असामान्य व्यवहार हो भन्ने विश्वास गर्छन् भने पनि यौनेच्छामा र्‍हास आउन सक्छ ।

 

उमेर ढल्कदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ । युवा अवस्थामा र उमेर ढल्केपछिको यौन चाहना, गतिविधि र मजबुतीमा फरक हुन्छ । २० वा ३० वर्षको उमेरमा र ६० वर्षको उमेरमा हुने सेक्समा केही भिन्नता हुन्छ ।

२० वा ३० वर्षको उमेरमा बालबच्चा वा क्यारियर महत्वपूर्ण पाटो हुन्छ । तर ६० वर्षको उमेरमा यी कुरा महत्वपूर्ण नहुन सक्छन् । यसबेला यौन साथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्नपुग्छ । यस्तो सम्बन्धमा सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त राख्ने, चिन्ता नलिने र बुढ्यौलीसँगै आफूलाई अनुकूल बनाउदै लैजाने हो भने पाको उमेरमा पनि उत्तिकै यौन आनन्द लिन सकिने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् ।

 

पाको उमेरमा हुने सेक्स वा जीवन पनि भनौँ न बोनस लाइफजस्तो बन्दै गएको हुन्छ । जति बाँचिन्छ रमाइलोसँग दिनहरू बिताआँ न भन्ने सोच विकास हुंदै गएको हुन्छ । चिन्ता नगर्दा मानसिक स्फूर्ति बढ्दै गएको हुन्छ भने मानसिक स्फूर्ति बढ्ने क्रमसँगै यौन आनन्दको उचाइ बढ्दै जान्छ । अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिराखेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै गएको हुन्छ ।

त्यसैले यौन सम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । यौन सम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा पनि सम्भव छ । फरक कुरा यत्ति हो कि मानिसहरूले उमेरसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? मैले पहिला पनि भन्ने गरेको छु, सेक्स मात्र महत्वपूर्ण होइन । यससँग जोडिएका धेरै पक्ष छन् ।

 

युवा सेक्सभन्दा बुढ्यौली सेक्स परिपक्व, सुरक्षित र सावधानीपूर्ण हुनु आवश्यक छ

टचिङ, किसिङ, सेन्सिङ, मायामोह भावना साटासाट आदि कुराहरू पनि सेक्सका अभिन्न पक्ष हुन् । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि त हुन्छ । उमेर बढ्दै जाने कुरा सामान्य हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

दोस्रो कुरा, उमेरलाई अगाडि जान दिइरहनुहोस् र यौनजीवनलाई आनन्दित बनाउने, लाइट मूडमा रहिरहने, एकअर्कालाई अझ बढी माया गरिरहने, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दूरुस्त राखिरहने, आधुनिक बन्दै जाने, नयाँ-नयाँ सोच विचारहरू ल्याउने तथा छलफल गर्ने, सेक्सका कुरा गर्ने, रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा जाने, धेरै लज्जालु नबन्ने र इमान्दार बन्ने गर्नु यौन जीवन फलदायी बनाइरहने उपयुक्त टिप्स हुन् भन्नुपर्छ ।

पुरुषको प्रजनन् शक्ति त हुँदैन तर अन्यत्र यौनसम्पर्क गर्दा रोग लाग्ने सम्भावना भएकाले यस्तोमा पनि सावधानी अपनाउनुपर्छ । युवा सेक्सभन्दा बुढ्यौली सेक्स परिपक्व, सुरक्षित र सावधानीपूर्ण हुनु आवश्यक छ । अझ बढी ढुक्क हुन चिकित्सकसँग सम्पर्क गरी केही परीक्षणहरू गर्न आवश्यक हुन्छ र चिन्ता मात्र कारण हो भने मनोविद्सँग परार्मश गर्नु उचित हुन्छ ।

 

 

मन र शरीरबीच यही समस्या छ । कहिलेकाहीँ मनले ठूलो काम गर्छु भने पनि शरीरले साथ दिँदैन । यही कारण तपाईंले आफ्नो शरीरसँगै मनलाई पनि आफ्नो उमेरसँग एकाकार गर्दै लैजानुपर्छ ।

यसो भन्नुको अर्थ के भने मनले हरेस खाइहाल्ने होइन, तर शरीरको क्षमता र मनको उत्ताउलोपन बीच्ा फरक छ कि छैन त्योचाहिँ हेर्नै पर्छ । यसो गर्दा मन उत्ताउलो हुन थाल्यो भने आफ्नो शारीरिक क्षमता कति छ र त्यसले मनका सबै इच्छा पूरा गर्छ कि गर्दैन भन्ने कुरामा विचार गर्नुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको