जान्नुहोस् यि १० महत्वपूर्ण अक्युप्रेसर पोइन्ट्स र उपचार बिधी

बिहिबार, १५ कार्तिक २०७५

 

शरीर जति अनमोल छ, उत्तिनै अद्भूत पनि । यो शरीर, जसले अन्नपानी खाएर त्यसलाई उर्जामा रुपान्तरण गर्छ । त्यही उर्जाले प्राण रक्षा गर्छ ।

 

अर्को अद्भूत रहस्य त के पनि भने, शरीरका विभिन्न अंग एवं भागमा यस्ता प्वाइन्ट हुन्छन्, जसलाई दबाएर अन्य रोग एवं समस्याको निदान गर्न सकिन्छ । जस्तो हत्केलामा यस्ता थुप्रै प्वाइन्ट हुन्छन्, जसबाट मिर्गौला, मुटु, कलेजो, फोक्सो आदि अंगमा भएको अवरोध हटाउन सकिन्छ । यसलाई अक्युप्रेसर विधी भनिन्छ । यो सदियौं पुरानो तर वैज्ञानिक प्रणाली हो ।

 

के हो अक्युप्रेसर विधी ?

अकुप्रेसर विधिमा शरीरमा केही खास विन्दुहरुलाई दबाइन्छ जसले रोगको उपचार गर्छ । हाम्रो शरीरमा हजारौं नशा, धमनी, मांसपेसी, स्नायू, र सयौं हड्डीहरु हुन्छन् । यी सबैचीज मिलेर हाम्रो शरीर बनेको हुन्छ ।

कैयौंपटक केही विन्दुहरुमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन र त्यसलाई दबाउँदा फेरि त्यो खुल्छ र सहि तरिकाले काम गर्न थाल्छ ।

अकुप्रेसर विधिलाई आम भाषामा ‘दबाईबाट होइन दबाएर उपचार गर्नु’ भनिन्छ । केही खास विन्दुहरुलाई दबाउनाले सम्बन्धित रोगमा धेरै लाभ पुग्छ । त्यो रोगको निदान हुन्छ । ती खास विन्दुलाई अक्युपोइन्ट भनिन्छ ।

यी चिकित्सा पद्धतीको खोज चीनमा दुई हजार वर्षपहिले गरिएको थियो । अहिलेसम्म विश्वभरमा करोडौं मानिसहरुले यसको फाइदा उठाइरहेका छन् ।

विशेषगरि चीन, अमेरिका, भारत, हङकङमा यो पद्धति धेरै प्रचलित छ । हाम्रो देश नेपालमा पनि भर्खरभर्खरै यो उपचार पद्धति सुरु भएको छ । यो विधिमा सम्बन्धित विन्दुलाई लगभग १ मिनेटसम्म औंलाको मद्धतले दबाइन्छ र हल्का मसाज दिइन्छ ।

अकुप्रेसर विधिबाट यस्ता लाभ पाउन सकिन्छ

-यसमा कुनै खर्च हुँदैन । जो कोहीले पनि यसको लाभ लिन सक्छन् ।

-यसमा कुनै किसिमको सर्जरी हुँदैन । यसैले डराउनु पर्दैन ।

-यो विधिको कुनै साइडइफेक्ट हुँदैन ।

-यसले यौनशक्तिलाई बढाउँछ ।

-यसले अनुहारको चाँयापोतोलाई टाढा गर्छ र अनुहारमा निखार ल्याउँछ ।

-पिठ्युमा दुखाई तनाव, डिप्रेसन, शरीरमा हरेक किसिमका दुखाईलाई टाढा गर्छ ंर भावनात्मक रुपमा मजबुत बनाउँछ ।

-यसले नकरात्मक विचारलाई टाढा गर्छ र सकरात्मक विचार ल्याउँछ ।

-यदि तपाईंलाई औषधिको गोली खान मन छैन भने यो विधि सबैभन्दा उपयुक्त हुन्छ ।

यी हुन् १० महत्वपूर्ण अकुप्रेसर विन्दुहरु

१. पेरिकार्डियम

यो विन्दु हत्केलाबाट १ इन्च तल रहेको हुन्छ । यसलाई दबाउनको लागि टाउको दुखाई, पेटको रोग, बेचैनी, वान्ता हुने जस्ता रोगमा लाभ हुन्छ । गर्भावस्थाको क्रममा हुने उल्टीमा पनि यो लाभकारी हुन्छ ।

किमोथेरापी र विकिरणपछि आउने वान्ता, जीउ चिलाउने समस्यामा पनि यसले फाइदा पुर्याँउछ । त्यसैले तपाईंले पनि यसलाई अपनाउनुहोस् ।

२. शेन म्यान विन्दु

यसलाई स्वर्गको द्धार पनि भनिन्छ । यो विन्दु कानको उपल्लो हिस्सामा हुन्छ । यसलाई दबाउनाले तनाव टाढा हुन्छ र धुमपानको बानी छुट्छ । यसलाई दबाउनाले सकरात्मक उर्जा पुरै शरीरभर दौडन्छ ।

एलर्जी, चिन्ता, डिप्रेसन जस्ता समस्या टाढा हुन्छ । यसलाई बुढीऔंला र चोर औंलाले दबाउनुपर्छ ।

३. जोइनिङ द भ्याली

यो विन्दु हातको बुढीऔंला र चोर औंलाको बीचमा हुन्छ । यसलाई दबाउनाले विभिन्न प्रकारका दुखाई जस्तैः जोर्नीको दुखाई, गर्धनको दुखाई, दाँतको दुखाई, टाउकोको दुखाई, माइग्रेन जस्ता समस्या टाढा हुन्छ ।

यसलाई दबाउनाले कब्जियतमा राहत मिल्छ । विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कन्छ । दुखाईको निवारणको लागि यो सबैभन्दा राम्रो विन्दु हो ।

४. तेस्रो आँखा

यो विन्दु निदानमा दुवै आँखीभौंको बीचमा रहेको हुन्छ । ठिक त्यही ठाँउमा जहाँ महिलाहरुले टिका लगाउने गर्छन् । यसलाई दबाउनाले थकान दुर हुन्छ ।

यस बाहेक निन्द्रा दिलाउन सहायक हुन्छ । स्मरणशक्ति बढाउँछ, टाउकोको दुखाईलाई टाढा गर्छ, आँखामा हुने दुखाईलाई टाढा गर्छ र मानसिक शक्ति प्रदान गर्छ ।

५. सी अफ ट्रेङ्कुलिटी

यो विन्दु छातीको बीचमा रहेको हुन्छ । यसलाई दबाउनाले कैयौं प्रकारका बाधाहरु टाढा हुन्छन् जस्तै बेचैनी, हडबडाहट, चिन्ता, थकान, भावनात्मक समस्याहरु आदी ।

यसलाई दबाउनाले मनमा उठ्ने नकरात्मक विचार टाढा भाग्छ । यसलाई अपनाउनको लागि सिधा खडा हुने, मेरुदण्डको हड्डीलाई सिधा राख्ने र दुवै हातको औंला मिलाएर यसलाई दबाउन सकिन्छ ।

६. स्याकरल विन्दु

यो विन्दु कम्मरको माथिल्लो भागमा अर्थात टेल बोनमा स्थित हुन्छ । यसलाई दबाउनाले पेल्भिसमा रक्तसञ्चार सहि हुन्छ । यसले विशेषगरि महिलाहरुमा महिनावारीको दुखाईलाई टाढा गर्छ साथै गर्भाशयलाई आराम दिन्छ ।

७. हेवनली पिलर

यो विन्दु गर्धनको पछाडिको भागमा रहेको हुन्छ जहाँ गर्धन र टाउको आपसमा जोडिएको हुन्छ । आजभोलीको आधुनिक जीवनशैलीको कारण मानिसहरु कम्प्युटर, मोबाईल फोनमा घन्टौंसम्म काम गर्छन् जसले गर्धनमा दुखाई सुरु हुन्छ । यो विन्दुलाई दबाउनाले गर्धनको दुखाईमा धेरै लाभ मिल्छ ।

८. बिगर रसिङ

यो विन्दु खुट्टामा बुढी औंला र ठुलो औंलाको बीचमा लगभग २ इन्च माथि हुन्छ । यसलाई दबाउनाले रोग प्रतिरोधक क्षमता बढ्छ । यो विन्दुलाई चोर औलाको मद्धतले दबाउनुपर्छ र दबाउँदा आधा इन्च तलमाथि गर्नुपर्छ । फेरि अर्को खुट्टाको बिगर रसिङ विन्दुलाई पनि दबाउनु पर्छ ।

९. लेग थ्री माइल्स

यो पोइन्ट घुँडा भन्दा करिब ३ इन्च तल हुन्छ । यसलाई दबाउनाले पेटका विभिन्न रोगहरुबाट छुटकारा पाउन सकिन्छ जस्तै अपच, कब्जियत, ग्यासको समस्या, पेटफुल्ने, डायरिया, उल्टी आदी ।

यो विन्दुलाई दबाउनाले रक्त सञ्चार राम्रो हुन्छ, स्टामिना बढ्छ र स्वास्थ्यमा निखारता आँउछ ।

१०. कमान्डिङ मिडिल

यो पोइन्ट घुँडाको ठिक पछाडि हुन्छ । यसलाई दबाउनाले हाडजोर्नीको समस्या, कम्मर दुखाई, ढाड दुख्ने, साइटिका लगाएतका समस्यामा फाइदा हुन्छ ।

यो विन्दुलाई आरामले १ मिनेटसम्म दबाउनुहोस् फेरि अर्को खुट्टाको कमान्डिङ मिडिल विन्दुलाई दबाउनुहोस् ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको