पुत्र प्रकाश विना प्रचण्डको एक वर्ष

सोमबार, ०३ मङि्सर २०७५

 

तात्कालिन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)का पुत्र प्रकाश दहालको निधन भएको आज एक वर्ष पुग्यो ।
यसवीच राष्ट्रिय राजनीतिमा धेरै घटनाक्रमहरु भए तर प्रचण्डका दाहिने हात पुत्र प्रकाश विना एकवर्ष कसरी विते ? यो स्वाभाविक चासो र जिज्ञासु विषय हो । 


आमनिर्वाचनको माहौल रन्किरहेको र चितवनको निर्वाचन क्षेत्र ३ वाट चुनाव लडेका प्रचण्डको निर्वाचन वागडोर समालिरहेका प्रकाश एकाएक काठमाडौं आएर मृत्युवरण गर्दा प्रचण्ड झापामा थिए । यतिठूलो महासङ्ग्राममा होमिएको अवस्थामा आफ्नै पुत्र र मुख्य कमाण्डरको अवसानले उनमा कतिठुलो आघात प¥यो र सहनशीलतालाई कसरी व्यवस्थित गरे ? यो सामान्य मानिसका लागि सहनसक्ने विषय नहुनसक्छ । तर प्रचण्डमा पुत्रको शवदाह गरेर हंसमुख चुनावमा होमिनुले प्रचण्ड हुनुको गहन अर्थवोध गराउँछ । 


प्रकाशको अवसान पछि चुनाव शान्तिपूर्ण सम्पन्न भयो । प्रचण्ड चितवन–३ वाट भारी मतले विजयी भए । प्रचण्डकै पार्टीको समर्थनमा एमाले नेतृत्वको सरकार वन्यो । पार्टी एकीकरण भई नेकपा वन्यो । अहिले पनि प्रचण्ड राजनीति परिदृश्यको केन्द्रविन्दुमा नै छन् । आखिर यी सव कौशलताको रहश्य के हो ? उनका भरपर्दा सहयोगी र सल्लाहकार को छन्  ? पत्नी लगभग परामर्श योग्य नभएको स्वास्थ्य स्थीतीले जानकारी गराउँछ । भाइ नारायण दहालसँग पनि उनको यस अघिको जस्तो विश्वसनीय मधुरता छैन ।

 

पुत्री गंगा दहाल यतिवेला उनको आन्तरिक रथवाहिनी जस्ती देखिएकी छन् । स्वकीय सचिवालय, सल्लाहकार र अन्य पात्रहरुप्रति उनको भरोसा उनि लायक नभएको बाहिरी अडकलवाजीहरु रहेका छन् । नेकपाको भावी नेतृत्वका लागि अहिले उनी पूर्व एमालेका दोस्रो वरियातवृत्तका नेताहरुको समीपमा देखिन्छन् । पूर्व एमालेका ती नेताहरु पनि आफ्नो राजनीतिक भविष्यको भार प्रचण्डको छहारीमा विताउन चाहान्छन् । के.पी. ओलीवाट विच्किएका पूर्व एमालेका केही नेताहरु र ओली कै वरिपरी रहेका एवम् विश्वासनीय मानिएका विष्णु पौडेललगायतका नेताहरु पनि अहिले प्रचण्डको नजिक नजिक हुदैछन् । 


नेकपाको आन्तरिक राजनीतिमा प्रचण्डको चातुर्यता जसरी अघि बढिरहेकोछे पुत्र विनाको एकवर्ष उनको झन कृयाशील र कुशलता झन् प्रखर देखिन्छ । प्रकाशको देहवसान पछि प्रचण्डसँग सामिप्यता राख्न चाहाने काम पट्याउने र प्रभाव स्थापित गर्न चाहानेहरु धेरैलाई प्रकाशको अभाव खट्किएको छ । अत्यन्त मृदुभाषी,सरल र सहज भएपनि कतिपय सवालमा प्रकाश अत्यन्त संकुचित र पिताको समीममा जो कोहीलाई भिड्किन दिदैनथे । यसले गर्दा प्रचण्डसँग नजिकै रहेकाहरुलाई प्रकाश बीना प्रचण्डसँग नजिक हुन सहज भएको पनि बताउँछन् ।  कतिपय प्रकाशको अभावमा रन्थनिएका छन् भने कतिपय झन् भन्भनिएका छन् ।

 

प्रकाश वीनाको प्रचण्डको एकवर्ष व्यक्तिगत, पारिवारिक र राजनीतिक परामर्शका दृष्टिले दुखदायी रहे पनि राष्ट्रिय राजनीतिक प्रभाव तथा वर्चश्वका दृष्टिले भने खासै दुखी भइरहनु पर्ने अवस्था भने देखिएन । एकवर्षको वीचमा प्रचण्डको सकृयता धेरैजसो चितवनमा केन्द्रित रह्यो । चितवनका साना तिना कार्यक्रममा पनि सरिक हुने र ठुला परियोजनाको थालनी गर्ने काम पनि उनीबाट भए । भरतपुर महानगरपालिकामा चक्रपथ, राष्ट्रियस्तरको सभागृह,अन्तराष्ट्रिय स्तरको स्टेडियम लगायत थुप्रै वाटाहरु कालोपत्रे गर्ने काम आरम्भ भएको छ । यसका अतिरिक्त देशका अन्य भूभागहरुमा पनि उनको दौडाहा झन् उत्साहजनक रहेको छ ।


    नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को आन्तरिक राजनीतिमा उनको भुमिका सार्थक रुपमा अघिवढिरहेको छ । पुत्र अभावको पीडा विर्सिएर आफ्नो राजनीति र सुरक्षको भरपर्दो यात्रामा नै प्रचण्डको एकवर्ष व्यतित भएको छ र भविष्य पनि झन उज्वल नै देखिन्छ । दुइवर्ष पछि हुने नेकपा को महाधिवेशनका लागि अहिलेदेखि नै प्रचण्ड आफ्नो विश्वसनीय बृत्त निर्माणमा केन्द्रित देखिन्छन्  । यतिवेला खास टिम वन्न नसकेको वा नचाहेको हो कसैले भन्न सकिरहेको छैन तथापि पुत्र प्रकाश वीना पनि आफ्नै वलबुतामा पुत्री गंगा लगायत केही पूर्व एमालेका नेताहरुकै परामर्शमा उनी अघि वढिरहेको अनुमान गरिदैछ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको