इतिहासले नेपाली कांग्रेसको विरासत धानेपनि शिर्ष नेताहरुको निष्कृयता

आइतबार, ०९ मङि्सर २०७५

 

इतिहासले नेपाली कांग्रेसको विरासत धानिरहेको भएपनि वर्तमान नेताहरुको कार्यकुशलता र निस्कृयताले पार्टीको वर्चश्व क्षयोन्मुख हुदै गएको देखिन्छ ।

 

वाम गठवन्धनको वलियो परिणम तथा नेपाली कांग्रेसभित्रको चरम गुटवन्दी व्यक्तिवादी प्रतिस्पर्धा र अन्तरघातले पार्टीले पराजय भोगिरहेको यसक्षणमा पार्टीका शिर्ष तहका नेताहरुको सकृयता प्रखररुपमा बढ्नु पर्ने थियो । तर नेताहरुको गतिविधि र शैली यसप्रकारले वढिरहेको छैन । वामगठवन्धनको सरकारले अपनाइरहेको गतिविधि तथा राष्ट्रिय हित प्रतिकूलका कार्यहरुलाई लिएर आफ्ना लोकतान्त्रिक मूल्यसहितका एजेण्डा वोकेर जनताको घरदैलोमा खरोसँग उत्रनु पर्ने ठाँउमा घरका दिवार र सिमित कार्यकर्ताहरुको वृत्तभित्र बाधिइरहनु कदापि उचित कुरा होइन । यतिवेला त शिर्ष नेताहरु गाऊँ गाँउमा हुनुपथ्र्यो । पार्टीको आन्तरिक जीवनमा प्राण भर्ने र पार्टीका लागि सधै चिन्ता गरिरहने, लड्ने र खट्ने तल्लो तहका कार्यकर्ताहरुका वीचमा हुनुपथ्र्यो । उनिहरुका दुख,पीडा र वेदना आत्मसात गर्दै पार्टी एकताका लागि पर्याप्त उर्जा थप्नु पथ्र्यो । तर जनता र कार्यकर्ताले अत्यन्त भरोसा गरिरहेका महामन्त्री पूर्णबहादुर खड्का र इतिहास पुरुष महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि जस्ता व्यक्तित्वहरु किन यतिवेला निस्कृय र उदासीन ढंगले समय व्यक्तित गरिरहेछन् । यो अत्यन्त चिन्ता र सरोकारको विषय भएको छ ।

 

- सागर शर्मा

 

यतिवेला पार्टीको आन्तरिक तुष र मनमुटावलाई अन्तरसम्वाद, संयम र सहिष्णु तरिकालाई मेटाएर तत्काल जनताको घरदैलो पुग्नुपर्छ । कार्यकर्तालाई वस्तुगत परिस्थितिको जानकारी दिदै प्रशिक्षित तुल्याउनु र जनतालाई लोकतन्त्रको रक्षार्थ सचेतरहन जागरुक तुल्याउनु पर्ने अहिलेको ज्वलन्त आवश्यकता हो । पूर्णवहादुर खड्काको संघर्षमय जीवन, प्रखर विचार र कुशल संगठन क्षमताका कारण महामन्त्रीजस्तो सम्मानित र जिम्मेदार पद प्राप्त भएको हो । पदको उपयोग र शौर्यका आधारमा जीवनलाई शान्त र प्रफुल्ल राख्नका लागि मात्र होइन । यो पद भनेको जनताको संवेदना हो , कार्यकर्ताको आत्मा हो । यसकारण यो तितोसत्यलाई आत्मसाथ गरी जनताको घरमा पुग्न ढिलो गर्न हुँदैन । समय अत्यन्त जटील ढंगले लोकतन्त्रको भविष्य माथि खतराको संकेत गर्दै अगाडि बढिरहेको छ । अघिनायकवादी र लोकतन्त्र विरोधी शक्तिहरु संगठितरुपमा नेपाली कांग्रेसको ऐतिहासिक बिरासत भत्काउन र जनताको वीचबाट विस्थापित गर्न योजनावद्ध ढंगले अग्रसरछन् । यस्तो भयावह राजनीतिक दुस्चक्र चलिरहेको परिप्रेक्षमा महामन्त्री खड्का र विमलेन्द्र निधिजस्ता स्वच्छ छवि भएका नेताहरुको विशेष सकृयता र चासो तत्काल बढ्नुपर्छ ।

 

नेपालको अर्थतन्त्र धाराशयी हुदैछ, स्वदेशी विदेशी लगानिकर्ताहरु निरास छन् , रोजगारी र सुकुम्वासी समस्या दिनप्रतिदिन वढिरहेकोछ, शान्ति सुरक्षाको अवस्था कमजोर देखिन्छ, विभिन्न प्रकारका माफियाहरु सत्ताको वरिपरी झिंगाझै भन्किएका छन् । यस्तो चरम राष्ट्रिय स्वाभिमान स्खलित भइरहेको अवस्थामा जनताले भरोसा गरिरहेको पार्टीका शिर्षतहका नेताहरु तत्काल परिस्थिती अनुकूल सकृय हुनु अत्यन्त जरुरी देखिएको छ । उहाहरुको निस्कृयता निरासा, वैमनस्यको द्योतक नवनोस र अधिनायकवादी शक्तिहरुका लागि सहज मार्ग नवनोस भन्ने आम अभिव्यक्ति पाइएको छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको