बिहान आलस्य महसुस हुन्छ ? यो योगासनले गर्न सक्छ फाइदा

सोमबार, २९ भदौ २०७७

 

काठमाडौं । योगका फाइदाहरू असंख्य हुन्छन् । स्वस्थ शरीरको लागि योग, सुन्दर अनुहारको लागि योग, दीर्घरोग नियन्त्रणदेखि फिट रहन पनि योगले फाइदा गर्ने गर्छ । मात्रै योगको आसन फरक हुन सक्छ ।

लकडाउन वा निषेधाज्ञाको समयमा धेरै मान्छे फिट रहन र आफ्नो स्फूर्ति कायम राख्नको लागि योगको सहयोग लिने गर्छन् ।


विज्ञहरू भन्छन् यदि हामी नियमित रूपमा योग गरिन्छ भने हाम्रो शरीर र दिमागले समेत राहतको महसुस गर्छ । यसैले हरेक दिन स्फूर्तिमय गराउनको लागि नियमित योग गर्नु आवश्यक रहेको जानकारहरू बताउँछन् ।

 

घरबाट बस्दाबस्दा आजकल धेरैमा मांसपेशीको दुखाइ र यस्तै अन्य समस्या देख्ने गरिन्छ । उनीहरूका लागि बिहान योग लाभदायक हुन सक्छ । हरेक दिन बिहान गर्ने योगले केवल दिनभरिको लागि शरीरमा स्फूर्ति भर्दैन । रातको समयमा हुने निद्रालाई पनि आनन्ददायक बनाउने गर्छ ।

 

योग गुरुहरू हरेक दिन मर्जर्यासन र बिटिलासनमा योग गर्न सुझाव दिन्छन् । यो आसन गाई गोरु जस्ता चौपायाको जस्तो आकारको हुन्छ । यो आसन अनुसार घुँडाबाट मुनिको भागलाई सिधा जमिनमा सुताउने गरिन्छ । घुँडाले जमिनमा टेकेर अगाडि हातले जमिनमा टेक्ने गरिन्छ । यस्तो गर्दा घाँटीदेखि कम्मरसम्मको भाग एउटै तहमा हुन्छ भने हात र घुँडाले जमिनमा छोएको हुन्छ । टाउकोलाई केही माथि उठाएर राख्ने गरिन्छ । यही आसन नै मर्जर्यासन हो ।

 

यस्तो आसनमा बसेर बिस्तारै लामो सास लिने र छाड्ने गर्नुहोस् । लामो सास लिएर केही सेकेण्ड कुर्नुहोस् अनि फेरि बिस्तारै सास छाड्नुहोस् । यसले शरीरलाई आराम दिन मद्धत गर्छ । केही बेर आराम गरेर १० पटकसम्म यस्तो आसन दोहो¥याउनुहोस् ।

 

यो आसनका फाइदाहरू

– योगासनको कुनै पनि आसनले दिमाग र शरीर दुवैलाई फाइदा पु¥याउने गर्छ । अफिस होस् या त घरमा लामो समय कुर्सीमा बसेर काम गर्दा घाँटी र ढाड दुख्ने समस्या आउन सक्छ । यो आसनले यस्ता दुखाइलाई कम गर्न मद्धत गर्छ ।

– यो योगासन विशेषगरी मान्छेको दिमागलाई शान्त बनाउन केन्द्रित हुन्छ । ताकि हामी कामको दबाब लिने, आफ्नो लक्ष्य भेट्ने जस्तो कार्यमा लागिपरेका हुन्छौं । यो योगासनले यस्ता समस्याहरू चिरेर आराम दिने काम गर्छ ।

– मार्जर्यासन पोज जब लामो समयसम्म गरिन्छ, यसले मेरुदण्डमा हुनसक्ने समस्यालाई नियन्त्रण गर्छ । यो आसन गर्दा ध्यान दिनुपर्ने हुन्छ । यस्तो भयो भने सुधारिएको आसनले कुनै प्रकारको चोटपटक, पीडा आदिलाई रोक्न पनि यसले मद्दत गर्छ ।

यो आसन दिनको कुनै पनि समयमा गर्न सकिन्छ । तर बिहानको समयमा गरेको योग अरू समयको भन्दा बढी प्रभावकारी हुने गर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको