मुत्रनलीको संक्रमण र सावधानी

शनिबार, ०३ असोज २०७७

 

लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ । खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ । यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ ।

मुत्रनलीको संक्रमण भएमा केही साझा लक्षण देखापर्छ । जस्तो, मुत्र त्यागको समयमा जलन हुनु, पटक–पटक पिसाव आइरहनु, पिठ्युमा दुखाई महसुष हुनु । त्यसैगरी पिसाबमा गन्ध आउनु, कतिपय अवस्थामा रगत आउनु ।

 

पिसाब रोक्नु हानिकारक

पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौं भने उक्त टक्सिन मृगौलामा पुग्छ  र पत्थरीको समस्या पैदा हुन्छ । लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ । ्

पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ । मुत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ । पिसाब रोक्दा तयसको दबाव मृगौलामा पर्छ । यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ ।

लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो । पिसाब रोक्नाले मुत्रथैली फुलिन्छ । यसले गर्दा मुत्रथैलीको छाला कमजोर हुन्छ । साथै दुखाई पनि सुरु हुन्छ ।

 

पिसाब नरोकिने समस्या

पिसाब चुहिने समस्या आफैमा कुनै रोग नभएर रोगका लक्षण हुनसक्छ । विभिन्न शारीरीक समस्या, औषधि सेवन लगायतका कारण पनि यो समस्या आउँछ ।

गर्भावस्था, प्रसव व्यथा, रजनोवृत्ति लगायत अन्य शारीरिक समस्याका कारण महिलामा तनावको समस्या धेरै हुने गर्दछ । यसैले समस्या निम्त्याउँछ । त्यसैगरी पुरुषहरुमा हुने पुरुष ग्रन्थीको समस्याका कारण पिसाब सम्बन्धि विभिन्न समस्या उत्पन्न हुने गर्छ । जसले पिसाब अनियन्त्रित हुने तथा पिसाब चुहिने समस्या निम्तने गर्दछ ।

बढ्दो उमेरसँगै पिसाब नली कमजोर हुने गर्दछ । त्यस्तै, पिसाब थैली खुम्चनुका साथै पिसाब संग्रह गर्ने क्षमतामा समेत कमी आउने गर्दछ । जसका कारण   पिसाब चुहिने वा पिसाब नियन्त्रण नहुने समस्या हुन्छ ।

मोटोपनाका कारण पिसाब नली तथा त्यस आसपासका क्षेत्रमा दवाव सिर्जना हुने गर्दछ । जसका कारण पिसाब नली कमजोर भई  खोक्दा वा हाडिउ गर्दा समेत पिसाब चुहिने गर्दछ । न्युरोलोजिक रोग तथा मधुमेह लगायतको रोगले पनि पिसाब नरोकिने समस्याको जोखिम बढाउने गर्छ ।

 

सावधानी

लामो समय पिसाब रोक्नु हुँदैन । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । यसैगरी विवाहित दम्पतीले यौन सम्पर्कपछि मुत्र त्याग गर्नु एकदमै आवश्यक हुन्छ । यसले गर्दा भित्रको व्याक्टेरिया वाहिर निस्कन्छ । संक्रमणको खतरा कम हुन्छ । खासगरी महिलाले यौन सम्पर्कपछि मुत्र त्याग गर्नैपर्छ । खासगरी महिलाले योनीलाई ओसिलो बनाएर राख्नु हुँदैन । पिसाव फेरिसकेपछि योनी राम्ररी सफा गर्नुपर्छ । साथै त्यसलाई सुख्खा राख्नुपर्छ, जसले गर्दा मृत्रमार्गमा व्याक्टेरिया फैलन पाउदैन ।

मासिक श्रावको बेला अरुबेलाभन्दा बढी योनीको सरसफाईमा ध्यान दिनुपर्छ । सेनिटरी प्याडलाई हरेक ६ घण्टामा बदल्नुपर्छ ।

 

घरेलु उपचार  

पिसाब पोल्ने वा दुख्ने समस्या आम हो । धेरैले यस्तो समस्या भोगिरहेका हुन्छन् । शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ । यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ ।

-गाजरको जुस नियमित पिउने गर्नुपर्छ ।

-दुधमा सुकुमेल पिसेर पिउनुपर्छ । यसले पिसाबको दुखाई ठीक हुन्छ ।

–  केहि समयसम्म मनतातो पानी सेवन गर्नुपर्छ ।

-दुधमा मिश्रीको मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति पाइन्छ ।

-केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

– ८० ग्राम गहुँको दानालाई भिजाउने । बिहान यसलाई पिसेर छान्ने । त्यसमा थोरै मिश्री मिसाउने । अब यो मिश्रणलाई एक हप्तासम्म नियमित पिउनुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको