माग पूरा नभएसम्म अनसन नतोड्ने डा गोविन्द केसीको अडान

सोमबार, ०५ असोज २०७७

 

काठमाडौं- ८ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान कायम नै राखेका छन् । 

जुम्लाबाट काठमाडौं आउन लागेका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताएका छन्। डा केसी अहिले जुम्लाबाट नेपालगञ्जको यात्रामा छन्। 

 

विज्ञप्तिमा भनिएको छ, ‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रह? पदमा छन्। त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं।’

 

अनसन बसेको एक साता बितिसक्दा पनि सरकारले माग पूरा गर्न कुनै पहल नगरेको विज्ञप्तिमा उल्लेख छ। 

 

माग पूरा गर्नुको साटो सरकारले बल प्रयोग गरेर जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस लगायतका कार्यक्रमह? सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन सु? गनुपर्ने, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन डा केसीले माग गरेका छन्। 

 

मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीलाई समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने लगायत ६ बुँदे माग राखि डा केसी अनसनमा छन्। डा केसीले भदौं २९ गतेबाट अनसन सुरु  गरेका छन्।  

 

आइसियुमा उपचाररत डा केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगह?मा जटिल समस्या देखिन सक्ने चिकित्सकले बताएका हुन्।


डा गोविन्द केसी आइसीयूमा, तर स्वास्थ्य जाँच गर्न मानेनन्


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

डा गोविन्द केसी आइसीयूमा, तर स्वास्थ्य जाँच गर्न मानेनन्

जुम्लामा अनसनरत डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा सारिएको छ । तर उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन्...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको