कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिने ?

शुक्रबार, ०९ असोज २०७७

 

नेपालमा कोरोना संक्रमणको जोखिम अझै जारी छ । संक्रमितको संख्यालाई हेर्ने हो भने दैनिक २००० सम्म संक्रमित पुगिसकेका छन् । कोरोना भाइरसको संक्रमण अझै सुस्त भएको छैन । एउटा सकारात्मक कुरा के छ भने पछिल्ला दिनहरूमा दैनिक संक्रमित हुने बिरामी र कोरोना मुक्त भएर निको हुनेको संख्या हाराहारीमा पुगेको छ । यद्यपि सरकारले १४ दिनपछि परीक्षण नगरी घर पठाउने नीतिका कारण पनि धेरै संक्रमित डिस्चार्ज हुने गरेका छन् ।

त्यसैले कोरोना भाइरसबाट रिकभर भएर अस्पतालबाट डिस्चार्ज गरिनुको मतलब उनीहरूमा संक्रमणको खतरा ट¥यो भन्ने चाहिँ होइन ।

विश्वभरि लाखौं यस्ता घटनाहरू समेत देखिएको छ जसलाई निको भएपछि पनि पुरानै लक्षण देखिएर फेरि अस्पताल भर्ना गर्नुपरेको छ ।

कोभिड १९ एक भाइरस संक्रमित रोग हो । यो भाइरस संक्रमणको क्षति देखिन केही दिनदेखि केही हप्तासम्म लाग्ने गर्छ ।

तसर्थ, कोभिड १९ का संक्रमितहरूले अस्पतालबाट डिस्चार्ज भए पछि वा घरमै आइसोलेसनमा बसे पनि कम्तीमा १० दिनसम्म यी चीजहरूमा ध्यान दिनुपर्छ ।

पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि अस्पतालबाट डिस्चार्ज भएपछि पनि कम्तीमा अर्को १० दिन तपाईं डाक्टर वा अस्पतालका कर्मचारीहरूसँग नियमित सम्पर्कमा रहनुहोस् ।

आफ्नो साथमा अक्सिमिटर राख्नुहोस् र दैनिक २–३ पटक अक्सिजनको मात्रा परीक्षण गर्नुहोस् । शरीरमा अक्सिजनको स्तर कुनै पनि हालतमा ९४ प्रतिशतभन्दा कम हुन दिनुहुँदैन । यदि अक्सिजनको स्तर कम भयो भने तुरुन्त अस्पताल लैजानुपर्छ ।

थर्मोमिटर आफ्नो नजिक राख्नुहोस् र आफ्नो शरीरको तापक्रम दिनमा कम्तीमा एक पटक जाँच गर्नुहोस् । यदि तापक्रम १०० फरेनहाइटभन्दा माथि छ भने तुरुन्त चिकित्सकसँग सल्लाह गरी आफ्नो अवस्था बताउनुपर्छ वा डाक्टरले दिएको औषधि लिनुपर्छ ।

तपाईंको शरीरमा देखिएको लक्षणबारे ध्यान दिनुपर्छ । धेरै आराम गर्दा पनि यदि तपाईंलाई सास फेर्न समस्या भएको छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

कोरोना भाइरसबाट पुनः प्राप्तिको बेला डाइटको विशेष ख्याल राख्नुहोस् । रोग प्रतिरोध क्षमता बढाउने खानेकुरा खान र तपाईंको शरीरमा ऊर्जा भर्ने खाले खाने कुरा खाने गर्नुपर्छ ।  जंक फुड र फास्ट फुड सकेसम्म यो समयमा खानुहुन्न ।

यदि बिरामी पहिले नै मधुमेहको रोगी हो भने उनीहरुले आफ्नो रगतमा चिनीको मात्रा पनि जाँचिरहनु पर्छ । शरीरको ग्लुकोज जाँच गर्नका लागि सही समय बिहान हुन्छ ।

यदि कुनै बिरामी उच्च रक्तचापको बिरामी छ भने उसले आफ्नो रक्तचाप जाँच गरिरहनुपर्छ । ताकि कुनै पनि प्रकारको समस्या नपरोस् । अस्पतालबाट डिस्चार्ज भएपछि बिरामीहरूमा थकान, चक्कर आउने, भोक कम लाग्ने, हल्का खोकी लाग्ने आदि समस्याहरू हुन सक्छन् । त्यसकारण त्यस्ता समस्यासँग डराउने होइन, त्यसको व्यवस्थापनमा लाग्नुपर्छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो रगतको परीक्षण गर्नुहोस् । विशेषगरी सीबीसी, सीआरपी इत्यादि । तपाईंले चिकित्सकसँग आफ्नो रक्त समूहको बारेमा पनि सोध्न सक्नुहुन्छ । अस्पतालबाट डिस्चार्ज भएपछि तपाईंको छातीको सिटी स्क्यान गर्नु राम्रो हुन्छ । ताकि फोक्सोमा हुने क्षति पत्ता लगाउन सकिन्छ । यसपछि, तपाईंले प्रत्येक महिनामा सिटी स्क्यान जारी राख्नुपर्छ । जबसम्म फोक्सो पूर्ण रूपले निको हुँदैन ।

यदि कोरोना भाइरसबाट स्वस्थ भई घर फर्केका बिरामीहरूले अब मलाई केही पनि हुँदैन भन्ने सोच राखेका कारण पनि धेरै समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ ।

वास्तवमा, अस्पतालहरूले जब बिरामीलाई डिस्चार्ज गर्छ, कोभिडको रिपोर्टमा नकारात्मक वा लक्षणहरू ३ दिनसम्म देखा पर्दैन । तर बिरामीको शरीर बिस्तारै स्वस्थ देखिन्छ । तर यस्तो अवस्थामा स्वास्थ्य समस्या झनै बिग्रन सक्छ । त्यसकारण बिरामीले कोरोनाबाट संक्रमण मुक्त भएपछि समेत यी कुराहरूमा ध्यान दिनुपर्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको