यौन सन्तुष्टिका लागि लाईट बक्स उपचार विधि

बुधबार, १२ असोज २०७३

चम्किलो प्रकाशमा एक्सपोज हुँदा पुरुषहरुमा उच्च यौन सन्तुष्टि हुने एउटा नयाँ अध्ययनले दर्शाएको छ । इटालीस्थित युनिर्भसटी अफ सियनाका वैज्ञानिकहरुका अनुसार लाईट बक्सको प्रयोग गरेर न्यून यौन चाहना भएका पुरुषहरुले उच्च सन्तुष्टि लिन सक्ने दावी गरेका हुन् ।

प्रकाशमा एक्सपोज गर्दा धेरै हदसम्म यौन सन्तुष्टि मिलेको अध्ययनमा उल्लेख छ । प्रकाशलाई यौन उपचारको माध्यमको रुपमा प्रयोग गर्नुअघि अझै बढी अनुसन्धानको आवश्यक भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यौन चाहना नभएका ३८ पुरुषहरुमा अनुसन्धानकर्ताहरुले परीक्षणमार्फत अध्ययन गरेका थिए ।

सहभागीलाई समूहमा विभाजन गरिएको थियो । समूहका आधा मानिसलाई लाईट बक्सद्धारा उपचार गरिएको थियो । जबकी अर्को आधालाई अलिक थोरै प्रकाशदिने लाईट जडान गरी उपचार गरिएको थियो । उनीहरुलाई दुई सातासम्म दैनिक सबेरै आधा घन्टा सोही प्रकाशमार्फत उपचार गरिएको थियो ।

तीन सातापछि अनुसन्धानकर्ताहरुले सहभागीको यौन चाहना परीक्षण गरेका थिए । जसअनुसार चम्किलो प्रकाशमा एक्सपोज गरिएका सहभागीको यौन चाहना तीन गुणा बढेको थियो । जबकी कम उज्यालोमा एक्सपोज हुनेमा भने कत्ति पनि परिवर्तन भएको थिएन ।

सक्रीय प्रकाशको उपचार बिधि पाएका सहभागीको टेस्टोस्टेरोन हम्रोनको तह उल्लेख्य बृद्धि भएको थियो (२ दशमल १एनजी÷एमएल बाट ३ दशमलब ६ एनजी÷एमएल पुगेको थियो ।) । तर न्यून प्रकाश पाउनेमा भने कुनै परिवर्तन देखिएको थिएन । बढ्दो मात्रामा टेस्टोस्टेरोनको तहको अर्थ उच्च यौन सन्तुष्टि भएको प्राध्यापक एन्ड्रिया फागिओलिनीले बताए ।

के हो लाईट बक्स उपचार विधि ?

लाईट थेरापी समेत भनिने यो विधिमा लाईट बक्स नाम गरेको विशेष प्रकाशको प्रयोग गरिन्छ । एउटा लाईट बक्समा निकै चम्किला प्रतिदिप्त ट्युब हुन्छ । यो ट्युबमा घरमा बालिने बत्ति भन्दा दश गुण बढी प्रकाशको तीब्रता हुन्छ ।

सामान्यतया यो प्रकाश सिजनल एफेक्टिभ डिसर्अर्डर (एसएडी) (जाडो समयमा प्राकृतिक प्रकाशको अभावमा उत्पन्न हुने डिप्रेसन) उपचारमा प्रयोग हुन्छ । बिरामीले लाईट बक्समा हेर्छ । प्रकाशले आँखाको पछाडिपट्टी हिर्काउदा दिमागको पछाडि सन्देश प्रबाह हुन्छ, जसले निन्द्रा, भोक, यौन चाहना, तापक्रम, मुड र गतिविधि नियन्त्रण गर्छ ।

सामान्य काम गर्नको लागि पनि कुनै मानिसलाई अन्यको तुलनामा धेरै प्रकाश आवश्यक पर्छ । ‘उत्तरी गोलाद्र्धमा नोभेम्बरदेखि अप्रिलसम्म शरिरको टेस्टोसटेरोन उत्पादन गर्ने क्षमतामा हस आउछ र बर्षा तथा गर्मीमा बिस्तारै बढ्दै जान्छ र अक्टोबरमा शिखरमा पुग्छ,’ प्राध्यापक एन्ड्रिया बताउछन् । ‘यसको असर प्रजननमा पनि देख्नु हुन्छ । किनकी जुन महिनामा सबैभन्दा बढी गर्भधारण हुन्छ । लाइट बक्सको प्रयोगले पनि प्रकृतिमा भएको यस गतिविधिलाई नक्कल गर्छ,’ उनले थपे ।

यौन चाहना अभावमा विभिन्न कारण हुन्छन् र उपचार पनि आधारभुत कुराहरुमा भर पर्छ । टेस्टोस्टेरोन इन्जेक्सन, एन्टीडिप्रेसेन्ट र अन्य औषधीको उपचारद्धारा यो उपचार गरिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको