डिम्पलका लागि उपाय छ सिम्पल

मङ्गलबार, २५ माघ २०७३

 

आफ्नो सुन्दर गालामा डिम्पल होस् भन्ने चाहना छ ? छ भने आधुनिक प्रविधि प्रयोग गरी यो इच्छा पूरा गर्न सकिन्छ । ३५ वर्षीया एक महिला आफ्ना श्रीमान्लाई आकर्षक उपहार दिने सोचका साथ कस्मेटिक सर्जनकहाँ पुगिन्, सर्जनले पनि उनको गालामा डिम्पल बनाइदिए । गालाको बीचको मांसपेशीमा केही सानो गहिरो भाग देखिनुलाई डिम्पल भनिन्छ । हुन त कसैको गालामा डिम्पल हुनुको कारण वंशानुगत मानिन्छ तर हिजोआज भने आधुनिक प्रविधिको प्रयोगबाट गालामा आकर्षक डिम्पल बनाउन सकिन्छ ।


पुरुषभन्दा बढी महिला आफ्नो गालामा डिम्पल बनाउन चिकित्सकको क्लिनिकमा पुग्छन् ।

 

 

डिम्पल बनाउँदा सुन्दरता बढ्ने भएकाले पनि त्यस्ता क्लिनिकमा पुग्ने पुरुषभन्दा महिलाको संख्या बढी हुन्छ । डिम्पल बनाउने काम सानो सर्जरीबाटै सम्भव हुन्छ । डिम्पल पार्नुपर्ने हो, कसैले आफै भन्छन् भने कसैलाई चिकित्सकले आफै विचार गरी डिम्पल बनाइदिन्छन् । डिम्पल विशेष गरी आँखाको कुनादेखि ठीक तल मुखको कुनालाई जोड्ने एउटा लाइन तानेर त्यसको बीचमा पर्ने गरी बनाइन्छ ।

 

डिम्पल दुई प्रकारका हुन्छन् : सर्कुलर र लामो डिम्पल । 

 

डिम्पल बनाउने विधि


जुन प्वाइन्टमा डिम्पल बनाउने हो सोही प्वाइन्टको बाहिरबाट हातको मद्दतले डिम्पल बनाउन सकिन्छ । यो सर्जरीका लागि प्रयोग हुने उपकरणलाई वायप्सी निडल भनिन्छ । यही औजारको सहायताले मुखको भित्रबाट ० दशमलव ५ मिलिमिटर वा ० दशमलव ७ मिलिमिटर काटिन्छ । त्यहाँबाट विशेष सावधानीका साथ गोलाइ वा लामो आकारमा सानो मासुको टुक्रा निकाल्नुपर्छ । फेरि भित्रको दुवैतर्फको छाला जोडेर गाँठो बनाई मांसपेशीमा जोड्ने काम गरिन्छ । त्यसपछि जब मांसपेशी हल्लिन्छ तब गालामा डिम्पल देखिन्छ ।

 

यो प्रक्रियाका लागि २० देखि ३० मिनेटसम्म लाग्छ । यो प्रक्रिया सुरु गर्नुअघि छाला लठ्याउने वा निद्राको औषधि दिन सकिन्छ । सुरुमा डिम्पल हरेक समय गालामा देखिन्छ तर सर्जरी गरेको तीन हप्तापछि जब घाममा गइन्छ र हाँसिन्छ, त्यतिबेला मात्र डिम्पल देखा पर्छ । सर्जरीपछि एन्टिबायोटिक माउथवास अथवा पीडा कम हुने औषधि दिन सकिन्छ । पहिलो दिन सर्जरी गर्नेहरूलाई घाउ भएको ठाउँमा बरफले सेक्ने सल्लाह दिइन्छ । यसरी एकतर्फी डिम्पल बनाउन गरिने सर्जरीमा सर्वसाधारणले २५ देखि ५० हजारसम्म खर्च गर्नुपर्ने हुन्छ । 

 

सुन्दर देखिने चाहना


विशेषज्ञहरूका अनुसार १८ वर्ष पूरा गरेका महिला वा पुरुषले सर्जरीको माध्यमबाट गालामा डिम्पल बनाउन सक्छन् । डिम्पल बनाउनुअघि सम्बन्धित व्यक्तिलाई कसैले दबाब पो दिएको छ कि भन्ने कुरा पनि पत्ता लगाइन्छ । डिम्पल बनाउन कुनै पनि व्यक्तिमा आत्मविश्वास आवश्यक हुन्छ । कतिपय महिला तथा युवतीहरू आफ्ना श्रीमान् वा ब्बाइफ्रेन्डले राम्रो व्यवहार गर्दैनन्, त्यसैले आफूहरू डिम्पल बनाउन इच्छुक भएको बताउँछन् । उनीहरूको भनाइमा डिम्पल बनाएपछि उनीहरू सुन्दर देखिनेछन् र श्रीमान् वा ब्वाइफ्रेन्डबाट अपमानित हुनुपर्दैन ।

 

त्यसो त डिम्पलका लागि सर्जरी गर्नुअघि केही कुरामा ध्यान दिनु आवश्यक हुन्छ । डा. चिकित्कहरूका अनुसार मांसपेशीको डायबिटिज, उच्च रक्तचाप तथा रगत नरोकिने समस्याका साथै मुटु रोग आदिबाट पीडित भएर औषधि खाइरहेकाहरूले प्रशिक्षित एवं हाइजिनयुक्त कस्मेटिक सर्जनबाटै यो काम गराउनु वेश हुन्छ, जसले गर्दा साइडइफेक्ट वा संक्रमणको कुनै सम्भावना नरहोस् । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको