बालोन डी’ओर २०१६ : मनोनयनमा को को परे ?

सोमबार, ०८ कार्तिक २०७३

फ्रान्सेली फुटबल म्यागजिनले बालोन डी’ओर २०१६ का लागि मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गर्ने क्रम सुरु गरेको छ । फुटबल म्यागजिनले बालोन डी’ओरका लागि मनोनयनमा पर्ने ३० खेलाडी मध्ये पहिलो चरणमा पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ । यसमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल परेका छन् । यस्तै म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, युभेन्टसका जियानलुइजी बुफोन र बोरुसिया डर्टमुण्डका पिएर एमरिक पनि पहिलो चरणको मनोनयनमा परेका छन् । 

फ्रेन्च फुटबलले मनोनयनमा परेका बाँकी २५ खेलाडीको नाम क्रमशः सार्वजनिक गर्ने छ । विश्व फुटबलको प्रशासकिय निकाय फिफासँगको सहकार्य टुटेपछि फिफा बालोन डि’ओरको सट्टा म्यागजिनले विश्वको वर्ष उत्कृष्ट खेलाडीलाई बालोन डि’ओर अवार्ड दिने निर्णय गरे अनुसार मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गर्न सुरु गरेको हो । 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको