ब्लड सुगरको उपचार अब झनै सजिलो

बुधबार, ११ फागुन २०७३

 

हामीले खाने खाना हाम्रो शरीरको परिणाम हो । हामीले खाने खानाले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पारेको हुन्छ । हामी सबै अहिले प्रदूषित वातावरणमा रहने गरेका छौँ, यस्तो अवस्थामा सन्तुलित भोजन हाम्रो शरीरको लागि धेरै नै आवश्यक हुन्छ । अहिलेको हाम्रो जीवनशैलीमा हामीले आफ्नो खानपानमा खासै ध्यान दिन सकिरहेका छैनौँ जसले गर्दा हामीलाई विभिन्न रोगहरुले आक्रमण गर्ने गरेको छ ।

 

असन्तुलित खानपानले गर्दा तपाईँलाई लाग्ने रोगहरुमध्ये एक हो मधुमेह । तपाइँ जब आफ्नो नियमित मेडिकल जाँचका लागि डाक्टर कहाँ जानु हुन्छ त्यसबेला तपाईँलाई थाहा हुन्छ, तपाईको रगतमा चिनीको मात्रा बढीसकेको छ । त्यो भन्दा पहिले तपाईलाई केही थाहा नै हुँदैन । यस्ता अन्य रोगहरु पनि छन् जसलाई साइलेन्ट किलरको नामले जानिन्छ । अर्थात् त्यस्ता रोग जसले शरीरमा आक्रमण गरेको हामीलाई थाहा हुँदैन र त्यसले हामीलाई भित्र–भित्रै झन् रोगी बनाउँदै जान्छ । तर, तपाईले एउटा तथ्यलाई स्विाकार गर्नै पर्छ, कि यी सब रोगहरु तपाईको खानपानको बानीले लाग्ने गर्छ ।

 

मधुमेह एक सामान्य तर धेरै नै खतरनाक रोग हो । मधुमेह एक यस्तो रोग हो जसमा बिरामीको  रगतमा ग्लूकोजको मात्रा (Blood Sugar Level) आवश्यक्ता भन्दा बढी हुन जान्छ । रगतमा ग्लूकोजको मात्रा बढी हुने दुई कारण हुन सक्छ, पहिलो तपाईको शरीरले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गरिरहेको छैन दोस्रो तपार्इँको शरीरमा बनिरहेको कोषहरुले इन्सुलिनमा कुनै प्रतिक्रिया दिइरहेको छैन । इन्सुलिन एक प्रकारको हार्मोन हो जसले तपाईको शरीरमा कार्बोहाइड्रेट र बोसोको मेटाबोलिज्मलाई नियन्त्रण गर्छ ।

 

मेटाबोलिज्म भन्नाले त्यो प्रक्रिया हो जसमा शरीरले खाना पचाउने गर्छ, जसले गर्दा शरीरलाई उर्जा प्राप्त हुन्छ र शरीर विकासमा सहयोग पुग्छ । मधुमेहबाट बच्न हामी अनेक उपचार अपनाइरहेका हुन्छौँ । तर, हामीले प्रयोग गर्ने दिनहुँजस्तो सामग्री मध्ये एक अण्डा मधुमेह जस्ता खतरनाक रोगको उपचारमा कतिको लाभदायक हुन्छ भन्ने हामीलाई थाहा नहुन सक्छ ।  अण्डाको प्रयोगले मधुमेहबाट सजिलै बच्न सकिन्छ ।

 

अण्डाको प्रयोग र विधिबारे जानौँ :

कम्तिमा दुईवटा अण्डालाई पानीमा उमाल्ने र उम्लिसकेपछि बोक्रा हटाएर त्यसमा सफा काँटा चम्चाले प्वालहरु बनाइदिनुस् । त्यसपछि अण्डालाई एउटा भाँडोमा राखेर माथिबाट भिनेगर छर्ने र उक्त अण्डालाई रातभरि छोपेर राखिदिनुस अनि भोलिपल्ट बिहान मनतातोपानी सँग खानुस् । केही दिनमै तपाईँको सुगरको मात्रा कम हुन थाल्छ ।    (एजेन्सीको सहयोगमा)

 

 

 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको