अण्डाको पहिलो भाग खानु राम्रो की नराम्रो ?पुरुषको लागि अति अवश्यक यस्तो छ कारण

आइतबार, १५ फागुन २०७३

 

अण्डालाई शरीरमा पौष्टिक तत्व प्रदान गर्ने खानाकोरुपमा लिइन्छ । सन्तुलित भोजनमा पनि अण्डा खान सल्लाह दिइन्छ । प्रोटिन प्राप्त गर्नका लागि अण्डा जस्तो राम्रो खानेकुरा केही पनि हुँदैन भन्दा पनि हुन्छ । शरीरमा तागत चाहिएमा प्रोटिनले भरपुर अण्डा खानु उत्तम नै हुन्छ । विहानको नास्ता वा रातको खाना समेत अण्डा उत्तम हुन्छ । अण्डा खाएरै पनि पेट भर्न सकिन्छ । कतिपय शोधले नियमित अण्डा खाँदा मुटुको रोगको खतरा कम हुन्छ । तर खासमा कुरा मात्र यत्तिमा रोकिँदैन । अण्डाको पहेँलो भाग खान हुने कि नहुने भन्ने विषयमा धेरै अघि देखि वहस हुँदै आएको छ ।

 

स्वास्थ्यको दृष्टिले अण्डाको पहेंलो भाग नखानु राम्रो मानिन्छ । किन भने अण्डाको पहेंलो भागमा सेतो भागमा भन्दा बढी चिल्लो पदार्थ हुन्छ । यसमा ब्याड कोलस्टेरोलको मात्रा पनि उच्च हन्छ । यसमा स्याचुरेटेड फ्याट पनि उच्च मात्रामा हुन्छ ।

 

एउटा अण्डाको पहेंलो भागमा सामान्यरुपमा ५५ क्यालोरी हुन्छ । ४.५ फ्याट र १.६ स्याचुरेटेड फ्याट, २१० एमजी कोलस्टोरेल, ८ एमजी सोडियम र २.७ प्रोटिन हुन्छ । जवकी सेतो भागमा भने क्यालोरी निक्कै कम हुन्छ र चिल्लो भाग पनि कम हुन्छ । सेतो भागमा प्रोटिन भने राम्रो हुन्छ । यो भागमा ४ ग्राम प्रोटिन हुन्छ, ५५ एमजी सोडियम र केवल १७ क्यालोरी हुन्छ ।

 

तर डेलीबर्न वेबसाइटका अनुसार अण्डाको पहेंलो भाग नखाँदा प्रोटिनबाट बन्चित भइन्छ । त्वचाको लागि अण्डाको पहेंलो भाग निक्कै राम्रो मानिन्छ । भिटामिन पनि उच्च मात्रामा पाइन्छ । स्वस्थ र कोलेस्टोरल रहित शरीरको लागि अण्डाको पहेंलो भन्दा सेतो भाग खानु राम्रो हुन्छ । किन भने पहेंलो भागमा कोलस्टेरोलको मात्रा उच्च हुन्छ

 


अण्डाको पहेंलो भाग खान आवश्यक छ, यस्तो छ कारणः

अण्डाको पहेंलो भागमा ओमेगा–थ्री फ्याटी एसिडको मात्रा अत्यधिक हुने गर्दछ । यसले शुक्राणुको संख्या बढाउँछ ।

 

यसमा ‘कपर’ हुन्छ जसले तालु खुइलिनबाट जोगाउँछ ।

 

अण्डाको पहेंलो भागमा प्रोटिन हुन्छ यसले मांसपेशी बलियो हुन्छ र एब्स बनाउन फाइदाजनक हुन्छ ।

 

यसमा भिटामिन ‘डि’ हुन्छ जसले हड्डी बलियो बनाउँछ ।

 

अण्डाको पहेंलो भागमा कोलिन हुन्छ जसका कारण दिमाग तिखो हुन्छ र स्मरण शक्ति बढ्छ ।

 

यो खाँदा आँखा तेजिलो हुन्छ ।

 

अण्डाको पहेंलो भागमा आइरन हुन्छ । यसले रक्तअल्पत्ताबाट जोगाउँछ ।

 

यसमा ‘गुड’ कोलेस्ट्रोल हुन्छ जसले मुटुको रोगबाट बचाउनका लागि प्रभावकारी भूमिका खेलेको हुन्छ ।

 

अण्डाको पहेंलो भागमा फस्फरस हुन्छ जसले दाँत बलियो बनाउँछ ।

 

यसमा भिटामिन ‘के’ हुन्छ जसले क्यान्सरबाट बचाउन सहयोगी भूमिका खेल्दछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको