स्वास्थ्य टिप्स्

बिहिबार, ११ कार्तिक २०७३

के हो 'चाँया' बास्तवमा ??
'चाँया' अर्थात 'Dandruff' भन्नाले Malessizia furfur नाम गरेको Fungus ले गर्ने एक किसिमको छालाको इन्फेक्शनका कारण उत्पन्न हुने अवस्था हो /

'चाँया' ठुलै समस्या हो त ??
कहिलेकाँही ठु लो ठुलो रगत बग्ने गाँठोको रुपमा समेत यो समस्या प्रस्तुत हुन सक्दछ र यसका कारण आँखाको डील सुन्निने वा सधैं चिप्रा लागिरहने(Chronic Blepharitis) स्थिति समेत पैदा हुन सक्दछ अन्यथा चाँया भनेको सौन्दर्य र मनोबैज्ञानिक दृष्टिले ठुलो समस्या बन्न पुग्छ, अरुको अगाडी कन्याउनु पर्दा वा कपडामा चाँया झरेर टल्कीदा त्यसले समस्या हुने गर्दछ /

समाधान के हो त ?
प्राय दैनिक टाउको मात्र भए पनि नुहाउने गरेमा नै यो समस्याको हल निस्कन्छ, ठिक नभएमा 'Selenium Sulfide(Selsun's Shampoo)' वा 'Ketoconazole(Nizoral)' श्याम्पूको प्रयोग(केहि बेर फिँज सहित मसाज गर्ने शर्तमा) गर्नाले धेरैको निको हुन्छ, अझै ठिक नभएमा डाक्टरको सल्लाह लिने त छँदै छ /कफ शब्दले खोकी भन्ने बुझिन्छ जुन सुख्खा हुन सक्छ जसलाई अंग्रेजीमा Dry cough भनिन्छ वा खकार आउने किसिमको हुन सक्दछ जसलाई अंग्रेजीमा Productive cough भनिन्छ / धेरै मानिसले कफ भनेर खकार वा sputum लाई इंगित गर्ने गरेका छन् जुन आफैमा ठिक शब्द प्रयोग हैन /

खोकी

खोकीका कारण हरु निम्न हुन सक्दछन :
* Common cold
* Upper Respiratory Tract Infection like Pharyngitis, Tonsillitis, Laryngitis
* Sinusitis
* Acute Bronchitis
* COPD (Chronic Obstructive Pulponary Disease)
* Asthma
* Tuberculosis
* Bronchiectasis
* Gastroesophageal Reflux Disease
* Use of ACE inhibitor for High Blood Pressure

 'सेक्स चेन्ज'

जिज्ञासा नम्बर १ : के हो 'सेक्स चेन्ज' भनेको ?

सिधा अर्थमा भन्नु पर्दा शुद्ध पुरुषबाट शुद्ध महिला वा शुद्ध महिलाबाट शुद्ध पुरुष बनाउन सकिने भने हैन/ तर पुरुष (वा तेस्रो लिंगी) को निम्नानुसारको स्टेपबाट महिलाजस्तै अवस्थामा परिवर्तन गरिने हुनाले यस सर्जरिलाई बास्तवमा 'सेक्स रिअसाइनमेन्ट सर्जरी ' भनिन्छ/

१.'ब्रेस्ट इम्प्लानतेसन ' : शरीरको कुनै भागको बोस ो निकालेर छालामुनि राख्ने वा नक्कली ब्रेस्ट राखिदिने

२. 'हर्मोन सप्लिमेन्ट' : यस अनुसार पुरुष जस्तो बाट महिला जस्तो बनाउनु पर्दा महिला हर्मोनको रुपमा चिनिने 'इस्ट्रोजेन' लाई सप्लिमेन्ट गरिन्छ/

३. अर्किड़ेकटोमी'' : यो भन्नाले 'testis' लाई निकालिन्छ/
४.'फ्यालेकटोमी ' : यो स्टेप मा पुरुष अंगलाई निश्चित ढंगले काटिन्छ /

५. 'भल्भोप्लास्टि' तथा 'भेजाईनोप्लास्टि' : यस अन्तर्गत वरपरको अंगलाई बैज्ञानिक तरिकाले महिलाको यौनाङ्ग जस्तै हुने गरि मिलाइन्छ र पिसाब निस्कने 'युरेथ्रा' लाई त्यसै अनुरुप मिलाइन्छ /

जिज्ञासा नम्बर २ : यस सर्जरी पश्चात बिबाह गर्न सकिन्छ त ?

बिबाह गर्न सकिन्छा र यौन क्रिया सामान्य महिलाकै ढंगमा उत्तिकै यौनानन्द मिल्ने गरि गर्न पनि सम्भव हुन्छ तर निश्चय नै गर्भधारण गर्न भने सकिन्दैन/

जिज्ञासा नम्बर ३ : लिङ्ग निर्धारण के ले गर्दछ ?

सामान्यतया जन्मँदा महिला हुने कि पुरुष भन्ने कुरा बुबाको शुक्रकिटमा निहित 'क्रोमोजोम'ले निर्धारण गर्दछ / आमाको 'ओभम' बाट प्राप्त 'x ' क्रोमोजोममा बुबाको 'x ' वा 'y ' क्रोकोजोम मध्ये गर्भको बच्चामा ' xx' हुन गएमा महिला र 'xy ' हुन गएमा पुरुष बच्चा जन्मदंछ / साथै गर्भको समयमा पर्न जाने हर्मोनको प्रभावले पनि जन्मिएको बच्चाको लैंगिक स्वभाव वा हाउ-भाउ फरक पार्दछ / पुरुषको लागि 'Testotestorone' तथा महिलाको लागि 'Oestrogen' को प्रभावले उनीहरुको ब्यबहार, जिउको लचकता, स्वर आदिमा फरक छुट्टिने हुन्छ /

जिज्ञासा नम्बर ४ : को हुन् तेस्रो लिंगी ?

जन्मदा नै क्रोमोजोममा हुने गडबडी वा गर्भको समयमा हुने गलत वा उल्टो हर्मोनको प्रभाव वा जन्मिएपछी गरिने देखासिकी वा सामाजिक प्रभावका कारण शारीरिक रुपमा एउटा लिंग तर त्यसमा अर्कै हर्मोनले गर्दा देखिने बिपरित स्वभाव वा सामाजिक तथा मानसिक वा मनोबैज्ञानिक परिस्थितिले गर्दा अंगालिने अर्को 'sexual orientation' जस्ता कारणबाट तेस्रो लिंगी भनिने अवस्था सृजना हुन्छ/

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको