एन्टी रेबिज भ्याक्सिन अभाव

बिहिबार, २६ फागुन २०७३

 

वीरगन्ज,  प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । 

 

यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्को मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ । 

 

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा रेबिज रोगविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आए पनि विगत दुई महिनादेखि सो भ्याक्सिन अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  हेटौँडास्थित क्षेत्रीय मेडिकल स्टोर्समा सो भ्याक्सिन सकिएकाले यस्तो अवस्थाको सिर्जना भएको हो ।

 

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रतिमहिना ८ सय भाइल, पोखरिया अस्पतालमा प्रतिमहिना ५ सय भाइल तथा इलाका हेल्थपोस्ट, ठोरीमा प्रतिमहिना २ सय जति भाइल खपत हुँदै आएकामा विगत दुई महिनादेखि सो भाइल अभाव भएपछि बिरामी निःशुल्क औषधि पाउनबाट वञ्चित हुँदै आएकाले यथाशीघ्र भ्याक्सिनको व्यवस्था गर्न पीडित बिरामीले माग गरेका छन् । -रासस 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको