सप्तरीमा मानवअधिकार आयोगको गाडीमा तोडफोड

बिहिबार, २६ फागुन २०७३

 

राजविराज । सप्तरीमा प्रदर्शनकारीले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।

 

सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाहरुले मलेठ नजिकै आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

 

गाडीमा आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी र पूर्व क्षेत्रीय निर्देशक झंगरबहादुर रावल सवार थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

यसअघि सोमबार पनि राविराजमा नै प्रदर्शनकारीले आयोगको गाडीमा तोडफोड गरेका थिए ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको