एमालेको मेची-महाकाली अभियान फेरि सुरु हुँदै, आज हेटौंडामा सभा

शुक्रबार, २७ फागुन २०७३

 

काठमाडौं । सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची-महाकाली अभियान आजबाट फेरि सुरु हुँदैछ । एमालेले आज मकवानपुरको हेटौंडाबाट अभियानलाई निरन्तरता दिन लागेको हो ।

 

दिउँसो २ बजे हेटौंडाको भुटनदेवी विद्यालय परिसरमा हुने सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभाग सिचव विष्णु रिजलले जानकारी दिए ।

 

सप्तरी घटनाकै विरोधमा संघीय गठबन्धनले आहृवान गरेको नेपाल बन्दका बाबजुत एमालेले हेटौंडाबाट अभियानलाई निरन्तरता लिन लागेको हो । हेटौंडामा हुने कार्यक्रमको सबै तयारी पूरा भइसकेको एमालेले जनाएको छ ।

 

मकवानपुर एमालेले बिहीबार पत्रकार सम्मेलन गरेर हेटौंडामा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । एमालेले औपचारिक कार्यक्रमअघि बिभिन्न स्थानबाट र्‍याली तथा विविध साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गर्ने जनाएको छ । कार्यक्रममा मकवानपुरलगायत छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट हजारौं एमाले कार्यकर्ता सहभागी हुने बताइएको छ । अभियानअन्र्तगत फागुन २८ गते १० बजेपछि एमालेको टोली चितवन प्रस्थान गर्नेछ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको