सानिध्य (भाग–१)

शनिबार, २४ असार २०७४


सानिध्य
(भाग–१)


सोच्न त के के सोचे हुम्ला कसैलाई फुक्र्याय हुँला, कतिलाई घोचे हुँला । कहि पाउदै नपाउने रहरहरु पनि रोजे हुँला । कति चाहना धेरथोर पुरा भए होलान कति मनभित्रै गुम्सीएर अधुरा भए होलान । कयौपटक आफैलाई खोज्दै हिडे, पाउदिन भन्ने जान्दाजान्दै रोज्दै हिडे । धमिला सपनाहरु हर्षउल्लास र चिहानघाट बिचिको जिवन ।

कैले चुलिन्थे खुसिका पलहरु छताछुल्ल हुनेगरि, कैले पोखिन्थे असरल्ल गुम्सियका पिडा बटुल्नै नमिल्ने गरि ।

खुशि खोज्ने यात्री थिय म त्यो खुशी न मागेर मिल्यो मलाई न यो भब्य दुनियाबाट भागेर नै । जानेरै होला न आशा गर्न छोडे न मन मारेर हिड्न सके । मारुपनि कसरी त्यही आशाको त्यान्द्रोनै जीवन जिउने आधार थियो । कति मज्जा आउथ्यो ति काल्पनिक पलहरुमा, सानिध्यमा देखिने नयनहरुका हलचलहरुमा । पाएको सव चाहेको र चाहेको सव पाएको भए के पो हुदैनथ्यो होला र ? रोएर बच्चा झै हरचिज पुराहुने भए को रुदैनथ्यो होला ? कति सपना देखिएपनी आकार सम्म पाएनन् कति सोच्दैनसोचेका सपना साकार भैदिए । कतिलाई खुशिको अनिकाल हुने, कतैभने छताछुल्ल फालाफाल हुने । पाउनेले महत्व नबुझिदिने नपाउनेको आखाँ सधै रुझिरहने ।

एउटा अनौठो प्रश्न प्राय अनुत्तरित भइरहने तैपनि बारम्बार मगजमा हिर्काइरहने ।

सायद प्रेम थियो मनको भावना र मगजको शब्दकोषमा जुन बारम्बार मौकापरिक्षा दिइरहन्थ्यो र हरेकपल्ट पुरानै नतिजा पाउथ्यो । विशिष्ट श्रेणिमै पास हुन्छुझै लाग्ने तर सधै गान्धी डीभिजन अनि विस्तारै अङ्कसंगै आकर्षण घट्दै जान्थ्यो र सतगतको लागि होमिन्थ्यो मेरो प्रेम......

[क्रमश]


आगामि भाग अाषाढ ३० गते प्रकाशन हुने छ ।
सानिध्य (भाग–२)


- माधब न्यौपाने
दाङ, हाल किर्तिपुर काठमाण्डौ

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सानिध्य (भाग–२)

- माधब न्यौपाने || कयौं कथाहरु लेख्नकै लागि लेखिन्छन भने कयौं कथा कहानि नलेखियरै जुगौँजुग बाँचिरहन्छन् । कति घटना कपोकल्पित...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको