सानिध्य (भाग–२)

शुक्रबार, ३० असार २०७४

सानिध्य

भाग–२



कयौं कथाहरु लेख्नकै लागि लेखिन्छन भने कयौं कथा कहानि नलेखियरै जुगौँजुग बाँचिरहन्छन् । कति घटना कपोकल्पित दुनियामा अतिरञ्जि बनाइएका हुन्छन भने कति जीवनका सास्वत सत्यलाई भोग्दै स्वीकार्दै त्यसैको रुपरेखामा निदिृष्ट भई अघि बढेका हुन्छन् । जीवनमा होस सम्हाले देखि बाल्यकाल, यौवन, प्रेम परिवार र ति संग जोडिएका सामाजिक, आर्थिक, सास्कारिक पक्षहरुले जीवनको गति र त्यसमा भरिने रङगहरु निर्धारण गर्दोरहेछ । रुचि र वाध्यताको समिश्रणमा जीवनलाई रुमल्याउने जमातमा विरलै भेटिन्छन् होला त्यस्ता मानिस । जस्ले चाहेका सबै पायका होउन । दुख्नु र सम्हालिनुको निरन्तर चक्रमा अन्त्यहीन घुमाइको सिकार हुदोरहेछन् प्राय सपना देख्ने मान्छेहरु ।


समय सँग बदलिने उमेर, भावना, जिम्बेवारि र रहरहरुनै कतै खुसिका श्रोत बन्छन त कतै पिडाका कारक पनि ।


कर्मलाई कर्तब्य र धर्मलाई सौन्दर्य मानेर जिवन जिइरहेको मानिसले कसलाई पो दुखाउछ होला र ? बरु आफु थोरै दुखेर दोस्रो मुस्कुराउछ भने दुख्न, पोखिन कत्तिपनि सङकोच मान्दोरहेनछ । आज विहानै उठेर चियापसल धाउँदा त्यहाँ एउटा त्यस्तो ब्यक्ति भेटे जस्को कारण मेरो जीन्दगिको सोच, विचार, लक्ष्य, भविष्य, हासो, खुसि, दुख, रोदन सबको परिभाषा बदलियो । सुरुमा त दिमाग बेस्सरी रिङ्यो , मेरा सव बिचार जस्लाई म आफ्नो आदर्श मान्थे ति आदर्श नराम्ररी थच्मरिय, कहिल्यै उठ्न नसक्ने गरि । तिर्खाएको काग सरी म उनलाई कोट्याईरहे, खोतली रहे उनि बेलाबेलामा मन्द मुस्कान दिदै शान्त र गम्भिर शैलिमा मेरो प्रयासलाई छेकवार गरिरहन्थे म विघ्न प्रयासमा भएको बुझि उनले ल ठिकैछ कुनै दिन भनेर मेरो पनि चिया–चुरोटको पैसा तिरेर हीडेका थिय ।

 

भयको के थियो भने म पसलमा पुगेर चिया अर्डर गर्दैथिए छेउको टेवलमा बर्षैदेखी परिचित तर त्यतिबाक्लो चिनाजान नभएको तर प्राय भेटिरहने एकजना साथि चुरोटको धुवालाई कुशल शैलिमा माथितिर हावाँमा उडाईरहेका थिय । मानौं ठुलो दुखको पहाड फुकेरै उडाईरहेछन् । हातमिलाई सकेपछि हालखबर सोधे मैले , उन्नले भने; ‘त्यती नरमाइलो छैन, विशेष भनेको ? उस्तै त हो नि सधैजसो ।’ अनि पढाई नि ? ‘आफ्नै शैलिमा अघि बढीरहेको छ ।’ सकिएन अझै ? ‘दिन आको छैन होला दिन आय आफै सकिन्छ’ । यस्तो शैलिमा भन्दै थिए कि कुनै प्रवाह नै थिएन । यति भन्दै दोस्रो खिल्ली चुरोट सल्काई सकेका थिए । किन पिउनुहुन्छ यत्तिधेरै ? ‘पिएको होइन बश आफुलाई स्वतन्त्र बनाउछ केहि समय, सोचहरु फरक शैलिमा अघि बढ्छन र फरक जीवनलाई भोगेको हुन्छु मैले यो क्षणमा ।’ कुनै गहिरो पिडामा हुनुहुन्छ हो ? ‘होइन एक थान जीवन जिउदै छु , अझ भनु बाच्दैछु ।’ पढाई सकिन लाग्यो भविष्य बारे के सोच बनाउनु भएको छ ? ‘योजना बनाएर हीड्नु मुर्खता हो झै लाग्छ ।’ लाग्यो जीवनमा ठुलै आघात परेको होला, समयले नराम्ररी चोट दिएको हुनुपर्छ । सोधे; विहे पनि गर्नुपर्ला हुन त लबसवको चक्कर होला, कि उठाए काम तमाम भईहाल्छ । उनले भने; ‘समयलाई आफ्नो गतिमा बग्न दिएको छु वस त्यत्ति थाहाछ, अरु सोचेकै छैन ।’  लाग्यो जीवनले धेरै खोसेको छ, समयले धेरै खारेको छ , चोटहरुले मितेरी गाँसीसकेका छन् , मनमा गहिरा घाउहरुका खाडल छन् , हासो जफत भएको बर्षै भइसकेको छ ।


 प्रेम गर्नुभएको छैन ? मैले कौतुहलताका साथ सोधे । ‘प्रयास गर्नु र सफल हुन एउटै कहाँ हो र ! ’ कस्तो नबुझिने जवाफ, तैपनि प्रेममा असफल भएको बुझे सरासरी शब्द नियाल्दा । भाव फरक थियो, लाग्थ्यो उक्त मानिसको दिमागमा अरु केही खेलिरहेको थियो, उसको अनुहारमा देखिने आवेग, सम्बेग र भावहरु छट्टै थिय र मुखबाट निस्कने शब्द छुट्टै थिए । मानौ मेरो प्रश्न टार्न नसकेर फालिदिएका २/४ शब्द थिय एकदम बनावटि, अपुष्ट र औपचारिक मात्र । साथि; मान्नुहुन्छ भने एकदिन बसौं न कतै ! हजुरसंग यसरी भेट भ’ैराखेपनि पहिलोपल्ट फरक कुरा भयो । ‘बसौं भन्नाले मदिराको कुरा गर्नुभाको हो कि ?’ हजुर, मैले तुरुन्त फर्काए । मेरै कोठामा बसौलानि ! ‘माफगर्नुहोला म मदिरा पिउदिन’ म अचम्ममा परे र किञ्चित हाँसोका साथ चुरोट मात्रै ? ठिकैछ चुरोटकै पार्टि गरौन ! मैले आजभोली चलेको पार्टि शब्दको सुगमतालाई छाडिन । अनि चुरोट मात्र चाहि किन नि ? कतिभयो सुरु गरेको ? ‘उसलाई चुरोट खाने मन पर्छ रे, अझ भनु सास त गन्हाउछ रे तर फुकेर उडाको चाहि अति मन पर्छ रे । उसैलाई खुसि देख्न चुरोट उडाउन सिके, अहिले भुलाउन पिउनै पर्छ।’ अहिले प्रेमिका कता हुनुहुन्छ नि ? सम्बन्ध के कस्तो छ ? जबाफमा; ‘भयो छाड्नुस बितेका पल’ भन्ने आयो । मलाई विगत कोट्याएर उसलाई दुखाउन मन लागेन र ठिकै छ कुनैदिन संगै बसेर गफ गरौला नि भनि उसको नम्बर पनि सेभ गरे । ‘अहिले जान्छु ल’  भनि हिड्न तयार भयो । मैले पक्का बसौला नि ? ‘भरोसा राख्नुहोस तर म वाचा चाहि गर्दिन ! तै पनि ल हुन्छ कुनै दिन’....
[क्रमश]


आगामि भाग साउन ६ गते प्रकाशन हुने छ ।
सानिध्य (भाग–३)

- माधब न्यौपाने , दाङ, हाल किर्तिपुर काठमाण्डौ

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सानिध्य (भाग–१)

माधब न्यौपाने || सोच्न त के के सोचे हुम्ला कसैलाई फुक्र्याय हुँला, कतिलाई घोचे हुँला । कहि पाउदै नपाउने रहरहरु...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको