पहिंचान भन्दै पहिचान पुर्ने नाटक । नेपालमा किरांत जाति के का लागि जातीय वहुलट्ठिपन ?

शनिबार, १७ भदौ २०७४

 

नेपाल अधिराज्यको विशेषगरी पूर्वाञ्चलको झापा, ईलाम , पाँचथर , ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथम, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा , दार्जीलिङ, सिक्किम ,र धेर थोर नेपालको सबै जिल्लामा वसोबास गरेको देखिने प्रकृति पूजक किरांतहरु तिनै ठाउँहरुको पुरानो नाउँ ओल्लो किराँत , माझ किराँत, पल्लो किराँतका रैथाने मानिन्छन | ऊँभौली र ऊँधौली मनाउने आ आफ्ना ठाउँ अनुसारको तरिका , संस्कार, संस्कृति, भाषा, साहित्य, अस्तित्व पृथक रहेका यो जाति आजको दिनमा धर्मान्तरित भएर आफुलाई मंगोलियन भन्ने गर्दछ | प्रकृति पूजक मानिने यो जाति प्रारम्भमा प्राकृत हो | धामी, बिजुवा , वौद्धिक सम्पत्तिहरू श्रुति परम्पराबाटै हुर्क्याएर आजको पुस्तालाई हस्तान्तरण गर्न सक्ने यिनीहरुको " मुन्धुम " किरांत संस्कार, संस्कृति जोगाउने प्रमुख संयन्त्र हो | त्यसैले स्वामी प्रपनाचार्यले " कृविक्षेपे धातुबाट किररीति किर् रूप बन्न पुगेको र त्यसको अर्थ -अवस्करादिः निरक्षेपस्थान पर्यन्तभूमि |

 

#यो पनि पढ्नुहोस : पिता शब्दको अर्थ

 

किरमतन्ति गच्छन्ति येते किराता | 'कृृ' विक्षेपे र 'अत' सातब्य गमने धातुबाट किरात शब्द बनेको हो भनेर प्रष्ट्याई दिए | हाम्रो प्राचिन ग्रन्थले ऋगबेदले " किरं अतति इति किरांत " भनेर सूत्र बताई दिएको छ ( भानुभक्त पोखरेल, हिमवत खण्ड महाकाव्य) | याँहा किर भनेको वन प्रान्त आदि र अतन भनेको गमन वा भ्रमण गर्ने भन्ने बुझिन्छ | ऋग्वेदको मन्त्र प्राप्त गर्ने ऋषिहरु मध्ये कक्षीवान शवर , तिनकी छोरी घोषा ब्रह्म बादिनी थिईन | तिनले प्राप्त गरेको ऋचा वेदमा थुप्रो छ | श्रुतार्षिवरकि नातिनी दीर्घतमा, राजा असमाती, आकुली र उनका दुई पुरोहितहरु किरांत वंशी भनिएका छन | यो कुरो बुझ्न सक्ने किरांत वंशीहरु ह्रास भएर गएका कारणले गर्दा " आफैलाई विर्सेर तथानाम बोलेर उफ्रिने हाम्रा किरांत दाजुभाईहरुले घरकालाई परदेशी र परदेशीलाई घरको सदस्य बनाएर उत्पात मच्च्याएका छन | फलतः आजका दिनमा नेपालमा जातीय पहिचानको मुद्दा चरम चुलीमा उचालिन पुगेको छ | पहिचान भनेर घांटी फ़ुलाउनेको पहिचान भित्रको मौलिक परिचय त्यै पहिचानको खोजीले धर्मान्तरित भएर पुरिंदै गएको छ |

 

# यो पनि पढ्नुहोस : अन्तिम आलेख - अभागी भीष्म पितामह

 

पहिंचान भन्दै पहिचान पुर्ने नाटक :

 हाम्रो प्राचिन बेद मंगोलियामा लेखिएको हो भनेर घोक्रो फुलाउने मान्छे यो विश्वमा जन्मिएका छन जस्तो लाग्दैन | किरांत जातिको शशी मुन्धुमपनि मंगोलियामै लेखिएको हो भन्ने जवान पनि यो विश्वमा कहीं कतै देखिंदैनन | यी दुवै आर्य बाङ्ग्मयहरु हुन तसर्थ नेपालकै मौलिक लिखित वा अलिखित रैथाने ग्रन्थ हुन | आधुनिक जामा पहिरेर विकाशवादी बन्ने दौडमा , धर्म परिवर्तन गरी , किचलो झिकेर , नेपालको पानी धमिल्याउन , आधुनिकताको जामा कोट,पाइण्ट,टाई भिरेर , डलर ,भारु डकारेर , कसैको उक्साहटमा मौलिक ईतिहांस भूलेर आफ्नो पहिचान छोपी ,पहिचान खोज्ने हरिलट्ठक जमातहरुले आफ्ना बाबु,आमा पिता पूर्खा विर्सेर अर्काकी आमालाई मेरी आमा भन्दै कुबाटो कुदेको परिणाम आफ्नो पहिचान हराउने मेसो ल्याई सकेको छ | आफ्नो पहिचान आफैले मेट्नु भनेको छोरा नातीलाई बाउ आमा र पिता पुर्खा विहिन बनाउनु हो | प्रकृतिको पूजा गर्ने विधि र परम्पराम्मा जोडिएको धार्मिक सामाजिक संस्कारलाई परम्परागत तरिकाले डोर्याउँदै जोगाइएको मौलिक कर्मकाण्डीय अनुष्ठान परक पद्धति नै हाम्रा किरांत वंशी दाजुभाईको " शशी मुन्धुम " हो | जसले ब्रम्हाण्डको वर्णन गर्दै मानव जीवन पद्धति ,तिनको ब्यवहार ,सृष्टि परम्परादेखि पशु,पंक्षी , बनस्पति आदिओ व्याख्या गरेर किरांतको मुन्धुमी इतिहाँसको वर्णन , विगतमा किरांत राजाहरूले गरेको काम, बााधेको रितिथिति, तिनको पराक्रम आदिको विस्तृत विवरण छोरालाई, छोराले नातिलाई र नातिले आफ्ना सन्ततिलाई सुनाउंदै आएको कीर्ति हो तिनले विगतमा श्रद्धाका साथ् मानेको अहिले पहिचान खोज्दा लत्याएको पवित्र " शशी मुन्धुम " | विगतमा किराँतीहरुको धार्मिक, साास्कृतिक विधि सम्पादन गर्न नक्छुङ (पण्डित )को भूमिका रहने गर्दथ्यो | त्यो कर्म गर्न गराउन मुन्धुम फलाकिन्थ्यो | हिंजो अस्तिको दिनसम्म पनि जन श्रुतिमै सीमित रहन सकेको त्यो ग्रन्थ हालैका दिनमा लिपि बद्ध गरिएको त छ तर विभिन्न ठाउँको परम्परा अनुसारको थितिलाई त्यसमा कसरी समायोजन गरिएको छ ? त्यो कुरा सम्वन्धितहरुले नै जानुन | हिंजोका दिनमा यो ग्रन्थ मूर्त रुपमा थिएन | यो परम्पराले डोर्याएर आएको किरांत जाति , तिनका धामी, विजुवा, माङ्पा, फ़ेदाङ्गवेहरूले सृष्टिको उत्पतिको कथा सुनाउने गरेर हुर्किएको किरांत जाति आहिले वहुसंख्यक रुपमा क्रिस्तान हुन पुगेको छ - मानेपनि नमानेपनि म वाहुनले देखेको त्यो नै सम्पूर्ण मेरा " किरांत दाजुभाईहरुको दूर्भाग्य " हो |

 

# यो पनि पढ्नुहोस :के हो पितृ , श्राद्ध र सोह्र श्राद्ध ( हाम्रो संस्कृति र परम्परा राम्ररी चिन्नोस )

 

के हो त मुन्धुम ?

 हिंजोको दिनमा किराँती जातिहरुको आफ्नो अस्तित्व प्रतिको चिन्तन नै मुन्धुमको दर्शन रहेको थियो | उनीहरुले आफ्नो स्वविवेकले अध्ययन गरेर बुझेको प्राकृतिक रहस्यहरु मुन्धुमको विषयवस्तु हुन पुगेको थियो | यसमा वायु, आकाश, पानी, असिना, आगो, सूर्य , चन्द्र, तारा, पृथ्वी, समून्द्र , वनस्पति, जन्तु, मानव, आत्मा, चराचरुङ्गी, खोला, नदी, समुद्र आदिको सृष्टि र विकास, माङ, रुमुहाङ, पारुहाङ, रुवाबु, सङ्गेर, रिमेम, नायम, सुम्निमा, पापा पातेसुङ, मामा दिलिदुम, तोयमा खियामा, हेच्छाकुप्पाका आदिको महिमा, योगदान र जीवनबृतान्त, घरका कूल, चुल्हादेखि जङगलमा रहने विविध देवताहरू, नक्षो र नक्षोका सहयोगीहरू, रीस, राग,पाप, लोभ, आाखीडाही, श्राप, आर्शिवाखद, उपदेश, मानिसका जन्मपूर्व र जन्मपछिका हरेक कर्महरू, विवाह कर्म, मृत्यु र मृत्यु पछिका कर्महरू, अन्नवाली लगाउने, काट्ने, भूमिलाई चढाउने, सन्तान प्राप्तिको लागि गरिने कर्म, रोगब्याधिबाट मुक्त हुने उपचार, शिर उठाउने, श्राप बगाउने लगायत समाजसेवाकालागि गरिने हरेक मानवीय कर्मका विध ।


- प्रविण अधिकारी को फेसबुक वाल बाट साभार ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको