धनुषामा ताला फोरेर खोप निकालियो, अवरोध पुर्याउने स्वास्थ्यकर्मीलाई कार्वाही सुरु भएन

आइतबार, २२ फागुन २०७३

 

काठमाण्डौं, स्वास्थ्य मन्त्रालयले हिजोबाट सुरु गरेको पोलियो थोपा खुवाउने  कार्यक्रमलाई आन्दोलनरत स्वास्थ्यकर्मीले विभिन्न जिल्लामा अवरोध पु¥याइएपनि खोप कार्यक्रम दोस्रो दिन पनि जारी छ ।  खोप कार्यक्रम चल्न नदिन आन्दोलनकारीले शनिवार राति धनुषा जिल्ला जनस्वास्थ्य कार्यालयमा लगाइएको ताला फोरेर खोप वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । 

 

पोलियो कार्यक्रमको पहिलो दिन शनिबार १५ जिल्लामा पोलियो थोपा खुवाउने भनिएपनि अधिकांश जिल्लामा अवरोध हुनुका साथै सप्तरी जिल्लामा खोप कार्यक्रम नै सुरु हुन सकेको थिएन । सबै जिल्लामा प्रहरी प्रशासनको सहयोगमा बुथ तथा घरदैलो कार्यक्रम भइरहेपनि पहिलो दिन सुरु हुन नसकेको सप्तरी जिल्लाको अवस्था भने अहिलेसम्म जानकारी नआएको मन्त्रालयले जनाएको छ । 

 

स्वास्थ्य सेवा ऐनको दफा ९(ख) अनुसार जिम्मेवारी नदिएको भन्दै आन्दोलित स्वास्थ्यकर्मीले पोलियो कार्यक्रममा अवरोध पुर्याएका हुन् । नेपालमा सञ्चालित खोप कार्यक्रम जनस्वास्थ्यको सबैभन्दा सफल कार्यक्रमको रुपमा लिइन्छ । तर, स्वास्थ्यकर्मीको पटक पटकको अवरोधका कारण खोप कार्यक्रम प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले जसरी भएपनि सबै खोप आवश्यक बालबालिकालाई पोलियो थोपा नपुग्दासम्म कार्यक्रम जारी राख्ने बताएको छ । 

 

कारबाही सुरु भएन स्वास्थ्य मन्त्रालयले हिजोबाट सुरु भएको खोप कार्यक्रम चलाउन नसक्ने वा नचाहने वा अवरोध गर्ने स्वास्थ्य संस्थाका प्रमुख एवं सम्बन्धित कर्मचारीलाई पदमुक्त गर्ने बताएको थियो । पोलियो कार्यक्रम अवरोध पुर्याउनेहरुलाई हदैसम्म कार्वाही गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रवारै अपिल पनि जारी गरेको थियो । स्वास्थ्य मन्त्री गगन थापाको निर्देशन अनुसार असक्षम जिम्मेवारी अधिकारीहरुलाई स्पष्टिकरण सोधेर शनिवारैबाट जिम्मेवारीमुक्त गरिने भनिएको थियो ।

 

तर, हालसम्म कुनै पनि स्वास्थ्य संस्थाका प्रमुखहरुलाई स्पष्टिकरण सोध्ने तथा कारबाही सुरु नगरिएको मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले हाम्रो डक्टरलाई जानकारी दिए ।  उनले भने ‘जुन जुन स्थानमा खोप कार्यक्रम अवरोध हुन्छ त्यस त्यस स्थानमा अवरोध गर्ने स्वास्थ्यकर्मी तथा त्यस क्षेत्रमा खोप सञ्चालन गर्न नसक्ने प्रमुखलाई कारबाहीको प्रक्रिया सुरु हुन्छ ।’ बेलुकासम्म सबै जिल्लाबाट रिर्पोट लिएर कार्वाही थाल्ने पौडेलले बताए । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

कारबाहीको दायरामा स्वास्थ्यकर्मी, पोलियो अभियान निरन्तर चल्ने

स्वास्थ्य मन्त्रालयले पोलियो कार्यक्रममा अवरोध सृजना गर्ने स्वास्थ्यकर्मी माथि कारबाही प्रक्रिया अगाडी बढाएको छ । मन्त्रालयले बालबालिकाको भविष्यमाथि खेलवाड गरेको भन्दै...

आज सुरक्षाकर्मी परिचालन गरेर भएपनि पोलियो थोपा खुवाइने

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको पूर्व कार्यक्रम अनुसार देशका विभिन्न जिल्लामा आज पनि पोलियो थोपा खुवाईँदैछ । हिजोदेखि सुरु गरिएको पोलियो...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको