केपी ओलीलाई पार्न खोजिएको जालमा निधि आफैं परेपछि …
सोमबार, १८ बैशाख २०७४

काठमाडौं, केपी ओली प्रधानमन्त्री भएका बेला उनलाई जसरी पनि हटाउने डिजाइनकर्ता थिए, कांग्रेस नेता विमलेन्द्र निधि । उनै निधिको सक्रियतामा ओली विरुद्ध अविश्वासको प्रस्ताव निक्कै अगाडि बढेको थियो ।
कांग्रेस र माओवादीमा हस्ताक्षरसमेत संकलन भएको थियो । यो बुझेका चलाख ओलीले अविश्वासको सामना नगरी राजीनामा दिएका थिए । त्यसपछि त्यो हस्ताक्षर काम लागेको थिएन ।
तर, त्यतिखेरै गरिएको हस्ताक्षरले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने काम गर्यो । अहिले आएर एक्कासी कांग्रेसका २०७ सांसदको हस्ताक्षर संकलन गरिएको नभई पहिलकै हस्ताक्षर प्रयोग गरिएको कांग्रेसकै नेताहरुले बताएका छन् ।
आइजिपीप्रकरणदेखि कार्कीले राजनीतिक निर्णय गरेको भन्दै उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा नै दिएका छन् ।
महाअभियोगको विपक्षमा आफू रहेको भन्दै उनले राजीनामा दिएको जनाएका छन् । तर, आफ्नो मन्त्रालय जोडिएको विषयमा महाअभियोग लगाउँदा आफूलाई नसाधेकोप्रति निधिको सबैभन्दा ठूलो आपत्ति देखिएको छ ।
साथै, महाअभियोग लगाउने हस्ताक्षर पनि यस अघि केपी ओलीविरुद्ध संकलन गरिएको हस्ताक्षर नै भएको खुलासा उनले नयाँ पत्रिकामार्फत गरेका छन् । प्रयोग गर्नु अघि सोध्नुपर्ने भए पनि नसोधिएको भन्दै उनी तीव्र असन्तुष्ट छन् ।
यस्तो पहिले नै संलकन गरिएको र किर्ते हस्ताक्षर भएकोप्रति कांग्रेसका अरु सांसदले पनि आपत्ति जनाएका छन् ।
डा. रामशरण महतले पनि पहिले गरिएको हस्ताक्षरको प्रयोग अहिले गरिएको भन्दै कांग्रेस बैठकमा असन्तुष्टि जनाएका छन् । यसरी प्रयोग गर्दा थाहा नदिनु दुर्भाग्यपूर्ण भएको ठहर नेपाली कांग्रेसका अधिकांश नेताको छ ।
युवा नेता गगन थापाले महाअभियोगको अभियानमा हस्ताक्षर गरेका छैनन् । उनको नाममात्र छ ।
चन्द्र भण्डारीको पनि नाम छ हस्ताक्षर छैन । राधेश्याम अधिकारीले त आफ्नो हस्ताक्षर नै नक्कली भएको भन्दै अनलाइनखबरमा प्रतिक्रिया नै दिएका छन् ।
source: Nepali Headlines
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
यस्ता छन् अबका गृहमन्त्री !
आइजिपी प्रकरण र उपप्रधानमन्त्रीको वरियतामा विवाद भएपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिने मुडमा विमलेन्द्र निधि पुगेका थिए । ...