यस्ता छन् अबका गृहमन्त्री !
सोमबार, १८ बैशाख २०७४

काठमाडौं,आइजिपी प्रकरण र उपप्रधानमन्त्रीको वरियतामा विवाद भएपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिने मुडमा विमलेन्द्र निधि पुगेका थिए ।
तर, असन्तुष्टिका बाबजुद सभापति शेरबहादुर देउवाले जसोतसो राजीनामा नदिन भनेपछि निधि रोकिए । मधेसलाई सहमतिमा ल्याउने विषयलाई प्रतिष्ठाको विषय बनाए, मधेसीको माग अनुसार संविधान संसोधन हुने भएपछि निधि वरियतामा कमल थापाभन्दा पछाडि बस्न तयार हुँदै बहिष्कार गर्दै आएको क्याविनेट बैठकमासमेत जान थाले ।
तर, एकाएक आइतबार निधिलाईसमेत छलेर कांग्रेस र माओवादीका सांसदले छापामार शैलीमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि निधि रन्थनिए ।
आइजिपी प्रकरण आफ्नो कार्यक्षेत्रमा परेकोले आफूलाई एकवचन पनि नसोधी महाअभियोग अघि बढाइएको विषयलाई कारण देखाउँदै निधिले आइतबार राजीनामा दिए ।
अब को होला गृहमन्त्री ?
राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मधेसी मोर्चाले सरकारलाई काँध नथाप्ने हो भने यो सरकार अब कसैले पनि बचाउन सक्दैन । होइन यस्तो भएन र सरकार टिक्यो भने सरकारलाई एकजना गृहमन्त्रीको खाँचो रहेको छ ।
निधिको राजीनामा स्वीकृत भइसकेको छैन । तर, उनी पुनः फर्किने सम्भवना कम छ । यस्तोमा नयाँ गृहमन्त्रीको खोजी जरुरी छ ।
निधिले राजीनामा दिए पनि राजीनामा स्वीकृत नहुँदा कांग्रेसले प्रष्ट भएर अर्कोको खोजी गरिसकेको छैन । तर, गृहराज्यमन्त्री इन्द्र बानियाँलाई केन्द्रीय कार्यालय सानेपामा बोलाएर सभापति शेरबहादुर देउवाले आइतबार राती छलफल भने गरेका थिए । अर्को व्यवस्था नभएसम्म उनैले कमाण्ड सम्हाल्नुपर्ने भएकोले पनि देउवाले उनीसँग भेट गरेको बताइन्छ ।
यी हुन सक्छन् गृहमन्त्री
कांग्रेसबाट अहिलेकै रक्षामन्त्री बालकृष्ण खाण गृहमन्त्री हुने सम्भावना उत्तिकै छ । उनी नहुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री अर्का चर्चाका पात्र हुन् । यी दुवै देउवाका भित्रिया मानिन्छन् । पदाधिकारीमा समेट्न गाह्रो हुँदा देउवाले थामथुम पार्न पुराना र इमान्दार छवि बनाएका गोपालमान श्रेष्ठलाई गृहमन्त्री बनाउने सम्भवना पनि उत्तिकै छ ।
आफूलाई नजिकबाट सहयोग गर्दै आएका यी तीन जना गृहमन्त्रीमा छनोट हुन सकेनन् भने देउवाको आँखा कृष्णप्रसाद सिटौलातिर पनि छ । सिटौला यस्तै संक्रमणमा खट्न र खेल्न सक्ने नेता भएकोले पनि उनी नै गृहमन्त्री हुने सम्भावना पनि टरिसकेको छैन ।
यद्यपी सिटौलाले आफू निकटस्थहरुलाई यो पद आफूले नस्वीकार्ने बताउँदै आएका छन् । तर, अप्ठ्यारोमा सभापतिले चाहे जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न सक्ने बताउँदै पूरै नकारिसकेको अवस्था पनि उनको छैन ।
निधिसँग देउवाको टसल बढाउँदै आफू देउवाको विश्वासपात्र बन्दै उनीपछिको गुटको नेता हुने तीव्र महत्वकांक्षा पनि सिटौलामा रहेको कांग्रेस स्रोत बताउँछ । यस्तोमा अब खेलाडीमा सिटौला पनि उदाउने सम्भावना उत्तिकै छ ।
सोमबार प्रधानमन्त्रीले निधिको राजीनामा स्वीकृत गरे भने अर्को गृहमन्त्री बन्ने बाटो खुल्छ ।
source: Nepali Headlines
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
केपी ओलीलाई पार्न खोजिएको जालमा निधि आफैं परेपछि …
केपी ओली प्रधानमन्त्री भएका बेला उनलाई जसरी पनि हटाउने डिजाइनकर्ता थिए, कांग्रेस नेता विमलेन्द्र निधि । ...