लिपस्टिक लगाएको समय ख्याल गर्नैपर्ने कुरा

बिहिबार, २९ असार २०७४

 

ओंठको सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । यो युवतीहरुको अनिवार्य सौन्दर्य प्रसाधन हो । अन्य मेकअप नगर्ने युवतीहरु समेत लिपस्टिक चाहि प्रयोग गर्न रुचाउँछन् । तर, लिपस्टिक कसरी प्रयोग गर्ने ? यसको सहि विधी जान्न सके थप आकर्षक देखिन्छ ।

 

स्क्रब गरौं

लिपस्टिक लगाउनुअघि आफ्नो ओंठलाई हल्का स्क्रब गरौ, ताकि ओंठको मृत कोशिकााबट छुटकारा मिल्न सकोस् । यसले लिपस्टिक ओंठमा राम्ररी लाग्छ र ओंठको प्राकृतिक रंगसँग मिल्छ पनि ।

 

लिप बामको अधिक प्रयोग नगरौ

ओंठको मोश्चराइज गर्नु ठीक हो । तर लिप बामको धेरै प्रयोग ठीक हुन्न । यसले लिपस्टिकलाई तपाईको ओंठमा लामो समय टिक्न दिदैन । बरु, ओंठमा लिप बामलाई हल्कासँग मात्र लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ।

 

ओंठलाई तयार गरौ

कतिपयको ओंठ पिग्मेन्टेड हुन्छ । र, लिपस्टिकको सहि शेड ओंठमा देखिदैन । त्यसैले ओंठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमर लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ । साथै फैलनबाट पनि बचाउँछ ।

 

लिप लाइनरको प्रयोग

हामी जान्दछौ कि, लिप लाइनरको काम हो लिपस्टिकलाई ओंठको भित्र बनाउने । तर, यसलाई ओंठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ ।

पाउडरको प्रयोग

के तपाईको लिपस्टिक अक्सर बग्छ ? त्यसो हो भने यसलाई सहि ढंगले सेट गर्नुपर्छ । त्यसका लागि ओंठमा पारदर्शी वा लुज पाउडर लगाउनु पर्छ । र, त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउनुहोस् ।

 

दाँतमा लिपस्टिक लाग्नबाट बच्ने

 

 

दाँतमा लिपस्टिक लाग्नु हुँदैन । त्यसका लागि एउटा राम्रो काइदा छ । लिपस्टिक लगाइसकेपछि एक औंलालाई मुखभित्र राखेर ओंठ खोल्ने र बन्द गर्ने । ओंठमा लगाएको अतिरिक्त लिपस्टिक औंलामा आउँछ ।

 

ब्रसले लगाउने

स्टिकलले लिपस्टिक लगाउँदा संभवत यो ओंठको किनार र क्रीजलाई कभर गर्दैन । त्यसैले लिप ब्रसको प्रयोग सहि हुन्छ । यसले ओंठ सुन्दर देखाउँछ । ब्रसको मद्दतले किनारमा पातलो लिपस्टिक लगाउन सकिन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

सुधार गरौँ यस्ता ब्युटी ह्याबिट

मेकअप गर्नु सबैलाई राम्रो लाग्ने गरे पनि त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरीत हुन सक्छ । मेकअपकै कारण स्किनमा...

यसरी गर्नुहोस् पर्फेक्ट मेकअप, पढ्नुहोस् १५ टिप्स

मेकअप ठूलो कला हो । मेकअपले त्यसबेला मात्र सौन्दर्यमा निखार ल्याउँछ, जब त्यसको सहि विधी थाहा हुन्छ । अतः...

गर्मीमा छाला कालो भयो ? यी हुन् सुन्दर राख्ने १४ घरेलु उपाय

यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा...

सौन्दर्य टिप्स: बर्षातमा मेकअप कसरी गर्ने ?

बर्षातमा मेकअप बग्ने सम्भावना बढी रहन्छ । यस समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिला अनुहारलाई राम्ररी धुने । त्यसपछि बरफको एउटा...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको