नर्भीक अस्पतालको घटनामा छानवीन समितिले काम थाल्यो
बिहिबार, १५ भदौ २०७४

काठमाडौँ, मंगलबार १६ महिने बालिकाको उपचारका क्रममा नर्भीक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भएपछि उत्पन्न परिस्थितीबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आजबाट काम थालेको छ ।
प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलबाट सो छानविन समिति गठन भएको थियो । समितिलाई सात दिन भित्र सत्य तथ्य पेश गर्न भनिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा गठित समितिमा स्वास्थ्य मन्त्रालयलका प्राविधिक डा. विनोदमान श्रेष्ठ संयोजक तथा अन्य ६ जना सदस्य रहेका छन् । समितिका सदस्यहरुमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा. ढुण्डि पौडेल, पीडित पक्षबाट मृतक बालिकाका बाबु डा. रमेश आचार्य, सिभिल अस्पतालकी बालरोग विशेषज्ञ डा.ज्योती पोखरेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाका एक जना प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयको तर्फबाट कानुनी सल्लाहकार रहेका छन् ।
केहीदिनदेखि निमोनियाले सिकिस्त भएकी भिक्टोरिया आचार्यको इमर्जेन्सीमा पुर्याइएपनि गम्भीर अवस्था भएकाले केहीबेरमै मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो । उनले भने ‘४÷५ दिन अन्य अस्पतालमा उपचार पछि जटिल अवस्थामा ल्याइएको थियो, भेन्टिलेटरमा लाने तयारी भइरहँदा बालिकाको मृत्यु भएको हो ।’
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
बालिकाको मृत्युपछि नर्भीक अस्पतालमा तनाव, आफन्तले फाइल नै खोसे
१६ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएपछि थालापलिस्थित नर्भीक इन्टरनेशनल अस्पतालमा तनाव उत्पन्न भएको छ । चिकित्सकको लापर्वाहीका कारण बालिकाको...