टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

मङ्गलबार, २० भदौ २०७४

 

हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ । टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।

याे पनि पढ्नुहाेसः उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली

 

टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् ।

याे पनि पढ्नुहाेसः फोक्सो स्वस्थ राख्न खाने गर्नुहोस्

 

टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ । वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस् । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ । अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ । एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ ।

 

याे पनि पढ्नुहाेसः तपाईको दाँत दुख्छ ? यी पाँच चिज खानुहोस्


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

चोकरयुक्त आटा सेवन गर्नुको ५ फाइदा

मैदाको विकल्प हो, आटा । मैदालाई मन्द विष भनिन्छ , जो एकदमै अस्वस्थ्यकर हुन्छ पनि । त्यसैले रोटी खानुहोस् वा...

यस्ता छन् प्याजका ७ फाइदा

१.  प्याजमा प्रशस्त मात्रामा सोडियम, पोटासियम र फस्फोरसका साथै एन्टीअक्सिडेन्ट र क्रोमियम नामक तत्व हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई सन्तुलित...

यसकारण खानुपर्छ हरियो धनियाँ

हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा...

मुलाको जुस पिउनुहोस्, स्वास्थ्यमा यस्तो परिवर्तन पाउनुहुनेछ

मुला । सजिलै पाइने । सस्तो पनि हुने । जहाँ पनि भेटिने । पकाएर खाए भो, काँचो खाए पनि हुने...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको