पाठेघरको मुखको क्यान्सर हुने ९ कारण र १० लक्षण

मङ्गलबार, २० भदौ २०७४

 

पाठेघरको मुखको क्यान्सर हुने कारण :

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले हुन्छ ।

यो संक्रमणलाई प्री क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके ८/१० बर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट (गर्भासय श्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ । यो पाठेघरका कोषिका सामान्य अवस्थामा रहे, नरहेको पत्ता लगाउने सरल र छरितो बिधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन । यो ५ देखि १५ मिटेनमा गर्न सकिन्छ । प्यापस्मेयर गर्दा २ दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हँुदैन । साथै यो परीक्षण महिनावारी भएको बेला गर्न मिल्दैन । यो परीक्षणकालागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुदैन ।

 

याे पनि पढ्नुहाेसः परिवार नियोजन र यसका असर

 

यो परीक्षण ३५ देखी ६० बर्षका महिलाले बर्षको कम्तिमा एकपटक अनिवार्यरूपमा गर्नुपर्छ । यो परीक्षणले भविष्यमा हुने ठूलो धनजनको क्षती हुनबाट बचाउँछ। यो परीक्षण पहिला ६ महिनाको फरकमा ३ पटक गर्नुपर्छ । यो तीनैपटक परीक्षणमा नेगेटिभ देखिएमा फेरि एक बर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नेगेटिभ देखिएमा ३ बर्षपछि परीक्षण गराउनु पर्छ । यसमा पनि नेगेटिभ देखिएमा ५ बर्ष पछि परीक्षण गर्नुपर्छ । यसको प्रक्रिया लामो भएकाले बिचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ तर परीक्षण गर्न छाड्नु हुदैन । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्छ ।

यो क्यान्सरबिरुद्ध खोपको पनि आविस्कार भैसकेको छ । यो खोप ९ देखि १३ बर्षका बालिकालाई लगाइन्छ । यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन ।

याे पनि पढ्नुहाेसः जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा

 

संक्रमणका लक्षण

यदि पाठेघरको मुखमा एचपीभी भाइरस प्रवेश गरेको छ भने यौन सम्पर्क शुरु भएपछि यसले असर देखाउन शुरु गर्छ । संक्रमणको पहिलो लक्षण भनेको योनीबाट सेतो पानी बग्ने र चिलाउने हो । यो लक्ष्यण देखिनासाथ प्याप स्मेयर परीक्षण गराउनु पर्छ । यो परीक्षणले संक्रमण क्यान्सर हुनु अगाडि कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

 

संक्रमणकाे कारण

१) महिलाले धेरै जनासँग असुरक्षित यौन सम्बन्ध राखेमा
२) पुरुषले धेरैजनासँंग असुरक्षित यौन सम्बन्ध राखेमा पनि महिलामा सर्छ
३) सानै उमेरमा बिवाह भएमा
४) सानै उमेरमा यौन सम्बन्ध राखेमा
५) सानै उमेरमा बच्चा जन्माएमा
६) धेरै बच्चा जन्माएमा
७) धेरै गर्भाधारण गरेमा
८) धूमपान गरेमा (महिला वा पुरुष)
९) लामो समयसम्म (५बर्ष भन्दा बढी) हार्माेनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा । हार्माेनयुक्त परिवार नियोजनका साधन ३,४ बर्षको बीचमा केही समय रोकेर पुन प्रयोग गर्नु राम्रो हुन्छ । हार्माेनले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने भएकाले बीचबीचमा साधन परिवर्तन गर्नुपर्छ ।

याे पनि पढ्नुहाेसः नेपाली समाज सेक्सप्रति उदार हुँंदै ...

 

लक्षण

यौन सम्पर्क गर्दा रगत देखिने
महिनावारी नभए पनि रगत देखिने
सेतो गन्हाउने पानी आउने
सानो पेट दुखिरहने
ढाड दुख्ने
थकाइ बढी लाग्ने
लामो समयसम्म खोकी निको नहुने
स्वर परिवर्तन हुने
दिशा वा पिसाबको तालिका फरक हुने
तौल घट्दै जाने ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

थप सामग्री

स्तनपान गराउँदैमा झोल्ल्दिैन स्तन

केही महिलामा स्तनपान गराउदा स्तन झोल्लिने भ्रमसमेत छ । तर स्तनपानले भन्दा पनि उमेर, तौल, पोषण, व्यायाम आदिले पनि स्तनको...

यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला ?

एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका...

स्तनपान गराउने महिलाले बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

जब तपाईं आमा बन्नुहुन्छ तब सधैं आफ्ना सन्तानको स्वास्थ्यबारे चिन्तित रहनुहुन्छ । स्तनपान गराउने धेरैजसो महिलाको समस्या पर्याप्त दुध नआउने...

सावधान : जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा

गर्भावस्थाको अवधिमा ‘हेल्दी डाइट’ मा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुन समयमा के-कति मात्रामा भोजन लिँदा आमा र बच्चालाई स्वस्थ...

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको